काठमाडौंमा ‘पुनर्निर्माणः मर्यादित कामको सिर्जनाबाट’ बैठक सुरु 

काठमाडौं, भदौ १७- पुनर्निर्माणः मर्यादित कामको सिर्जनाबाट भन्ने नारा सहित नेपालबारे अन्तराष्ट्रिय ऐक्यवद्धता बैठक काठमाडौंमा सुरु भएको छ । बैठकमा भूकम्प पश्चातको पुनर्निर्माणका बारेमा छलफल गर्न विभिन्न अन्तराष्ट्रिय तथा राष्ट्रिय ट्रेड यूनियनहरुका प्रतिनिधिहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागि छन् ।

बैठकको उद्घाटन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले गरे । बैठकको उद्घाटन केहि फरक शैलीमा गरिएको थियो । प्रतिकात्मक धरहराका तीनवटा टुक्रालाई जोडेर सिंगो धरहराको स्वरुप तयार पारीएको थियो । 

बैठकको उद्घाटन गर्दै भूकम्प पश्चातको पुनर्निर्माणका बारेमा छलफल गरी निचोड निकाल्न र सोही अनुरुप हातेमालो गर्न जरुरी रहेको बताए । बैठकको दोश्रो दिन आफू समेत छलफलमा सहभागि हुने भन्दै उनले बैठकको सफलताको कामना गरे । 

सोही अवशरमा बोल्दै जिफण्ट अध्यक्ष विष्णु रिमालले बैठकका छलफलमा मुख्य तीनवटा विषय पुनर्निर्माण, मर्यादित काम र रोजगारीको सिर्जना रहेको बताए । उनले भूकम्प पश्चातको पुनर्निर्माणमा नेपालले आर्थिक र प्राविधिक सहयोगको अपेक्षा अन्तराष्ट्रिय निकायबाट गरेको भन्दै त्यसका लागि आग्रह गरे । रोजगारी गुमेकोमा नेपाली श्रमिक चिन्तित रहेको भन्दै रिमालले पुनर्निर्माणमा श्रमिक परिचालन गर्दा उनीहरुको सीप र दक्षता बबढाउनु आवश्यक रहेको बताए । बैदेशिक रोजगारीबाट फर्केका श्रमिकको दक्षता र सीपलाई पुनर्निर्माणमा सदुपयोग गर्न सकिने धारणा रिमालको थियो । 

उद्घाटन समारोहमा बोल्दै अखिल नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष शालिकराम जमरकट्टेलले नयाँ संविधानको मस्यौैदाले श्रमिकका अधिकार कटौ ितगर्न खोजेको भन्दै त्यसलाई सच्याउन आग्रह गरे । कानूनसम्मत ढंगबाट हड्ताल गर्न पाउने अधिकारलाई पहिलो संविधानसभाले स्वीकारेको भए पनि अहिले मस्यौदामा त्यसलाई हटाउन खोजिएकोमा उनको आपत्ती थियो । यसैगरी अन्य कतिपय यसअघि नै स्वीकार गरिसकिएका श्रमिकका अधिकारलाई समेत संविधानले कुण्ठित गर्न खोजिको भन्दै त्यसलाई सच्याउन कट्टेलले आग्रह गरे । 

नेपाल ट्रेड यूनियन कंग्रेस(एनटीयूसी) का अध्यक्ष खिलानाथ दाहालले भूकम्पले पारेको क्षतिको चर्चा गर्दै त्यसले नेपाली श्रमिकलाई पुर्याएको अप्ठ्यारोका बारेमा प्रष्ट पारे । भूकम्प पश्चातको पुनर्निर्माणमा सहकार्य र साझेदारीको आवश्यकतालाई प्रष्ट पार्दै उनले बैठकमा सहभागिलाई स्वागत गरेका थिए । 

बैठकको उद्घाटन सत्र सकिएसँगै विषयगत छलफल सुरु भएको छ । विषयगत छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नरद्धय डा. दीपेन्द्रबहादुर क्षेत्री तथा डा. युुवराज खतिवडा, अध्ययनकर्ता उद्धवराज पौडेल लगायतले कार्यपत्र प्रस्तुत गरे ।     

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय