सोल (थेगु देखि चार किलोमिटर टाढाको एक टनेल हाउसमा काम गर्ने मनमाया (नाम परिबर्तन) को दैनिकी भनेको बिहान देखि बेलुकीसम्म साग बारीमा बिताउनु हो । खाना आफै बनाउनु पर्ने, वासिङ मेशिन छैन लुगा आफै धुनु पर्ने । दिन भरिको कामले ज्यान लखतरान हुन्छ त्यसै माथि मालिक, मालिक्नीको कचकच महिनाको एक दिन बिदा । बिदाको दिन कोठा सफा गर, नजिकैको बजार जाउ, महिना दिनलाई खान पुग्ने समान किन, मालिकले ग्याँस र चामल दिन्छ अरु जोहो आफैंले गर्नु पर्छ । कोरिया आएको ३ बर्ष पुग्यो र चार किलोमिटर नजिकको थेगु शहर मुश्किलले ४र५ चोटी पुगेकी छिन र राजधानी सोलको अनुहार अहिलेसम्म देखेकी छैनन् र राजधानीको नाक मुख कस्तो छ रु अहिलेसम्म अत्तोपत्तो छैन । ह्वासङसीको एक डाई कस्टिङ कम्पनीमा काम गर्ने राम (नाम परिबर्तन) लाई कम्पनी मालिक पिटन भन्दै लौरो लिएर खेदे । भाग्दै गएर कोठाको चुकुल लगाएर बसे । दूइजना कामदार भएको कम्पनी । एक – एक हप्ता रातमा र दिनमा काम गर्नु पर्ने दिनमा काम गर्दा मालिकसंग काम गर्नु पर्ने रातमा एक्लै काम गर्नु पर्ने बिहान मालिक रक्सी खाएर आएर जहिले किचकिच गर्ने । भाषामा राम्रो दख्खल राख्ने उनले मालिकले पिटन खोजे पछि पुलिस चौकी गएर रिपोर्ट दिए र कम्पनी सरे । ख्यङगी दोङदुछङसी स्थित एक पेन्टिङ कम्पनीमा कार्यरत श्याम ९ नाम परिबर्तन० संगै काम गर्ने कोरियन सहकर्मीवाट कुटिए । कुटिए पछि पुलिस र नोदोङबुमा गएर रिपोर्ट त गरे भाषाको समस्याले गर्दा सबै बुझाउन सकेनन । पुलिस चौकीले भाषा अनुवादक लिएर आउन भने पछि कोरियाका विभिन्न संघ , संस्था देखि राजदुताबाससम्म हार (गुहार गरे कतैवाट सहयोग पाएनन् । आखिरमा एक समाजसेवीले नेपाली भाषा अनुवादकको चाँजो मिलाईदिए । अहिले उनले पनि कम्पनी परिबर्तन गरिसकेका छन् । छङजु मुगुक स्थित एक आल्मुनियम कम्पनीमा कार्यरत दिलिप (नाम परिबर्तन) कम्पनीमा मालिकको कुनै कचकच छैन ्र सेवासुविधा पनि राम्रै छ तर काम भनेको आल्मुनियम भट्टीमा काम गर्नु पर्ने त्यस माथि डे , नाईट । १०० डिग्री भन्दा माथिको तापक्रममा काम गर्दा जिउमा पसिना ननिस्केको कुनै समय हुदैन । उनि भन्छन कोरिया भनेको पैसाको मुख हेरेर काम गर्ने ठाँउ हो । दुस्ख सम्झिदा त कुन जुनीको ऋण खाएको रहेछु जस्तो लाग्छ । माथिका उदाहरण मात्र हुन् । कोरिया यस्ता समस्या र दुस्ख झेल्ने नेपालीको संख्या हजारौ छ । २००७ मा रोजागर अनुमति प्रणाली (ईपिएस) लागु भए पछि कोरियामा नेपालीको संख्या ह्वात्तै बढेको हो । त्यो भन्दा अघि बिभिन्न भिसा र मुनड्रप्स र लुम्बिनी ओभरसिजवाट कोरिया आएका नेपालीको संख्या न्यून थियो । कोरियाका लागि नेपाली राजदुत कमानसिंह लामाले नेपालीको संख्या बढे पछि केही समस्या देखिए पनि दुताबासको जानकारीमा आएका सबै समस्याको समाधान गर्न लागि परेको बताउछन । छन्नान स्थित माईग्रेन्ट सेन्टरमा हरेक आईतबार बिबिध समस्या लिएर आउने नेपालीको लर्को देखिन्छ । उक्त सेन्टरमा कार्यरत गीता राईका अनुसार धेरै नेपाली मजदुरले कम्पनीका साहु र संगै काम गर्ने कोरियन सहकर्मीले दुर्ब्यबहार गरेको , समयमा तलव नपाएको , कम्पनी परिबर्तन गर्दा थेजिकम ९ एक बर्ष काम गरे वाफत पाईने एक महिनाको तलब बराबरको रकम ० नपाएको केश बढि लिएर आउने गरेको अनुभव सुनाउछिन । यसै गरि प्रवासी मजदुरको पक्षमा वकालत गर्दै आईरहेको संस्था प्रवासी मजदूर संघ (एमटियू) का अध्यक्ष उदय राईले पनि कोरियाको कानुनले कम्पनी मालिकलाई सबै हक – अधिकार दिएकोले प्रवासी मजदुरहरुले विभिन्न खालका समस्या भोग्दै आएको बताउछन । पछिल्लो चरणमा आएर आत्महत्या गर्ने, औधोगिक दुर्घटना देखि सडक दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या बददो छ । गत हप्ता उईजङबो दोङदुछनमा रहेको सेरिम नामक टेक्सटायल कम्पनीमा कार्यरत नवलपरासी बडेराका बीरेन्द्र प्रसाद चौधरी आफ्नै कोठामा मृत अवस्थामा भेटिए भने तीन हप्ता अघि मात्र ख्यंगीदो ग्वाङजुमा रहेको काठको डेकुरेसन बनाउने कम्पनीमा कार्यरत काभ्रे शंखु- ४ का सुदिप राउतलाई संगै काम गर्ने भोजपुरका परशुराम राईले काठको लठ्ठीले हिर्काएर हत्या गरेका थिए । हालसम्म झण्डै ३२ हजार नेपाली कामदार कोरिया आई पुगी सकेका छन । मासिक एक लाख १५ हजार न्युतम कमाई हुने कोरिया नेपाली युवा माझ आकर्षक गन्तव्यको रुपमा परिचित छ । अहिले कोरियामा नेपाली कामदारले उद्योग, कृषि तथा पशुपालन क्षेत्रमा काम गरिरहेका छन् । आगामी वर्षको लागि आउदो असोज २ र ३ गते ईपिएस परिक्षा हुँदैछ । फोनिजकोरिया डटकमबाट
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to देश परदेश