खुल्ला विश्वविद्यालय बारे एनआरएनको छलफल

काठमाडौं, साउन २५- गैरआवासीय नेपाली संघको सहकार्यमा संचालन हुन लागेको खुलाविश्वबिद्यालयको संचालन विधि र संरचना बारे गैरआवासीय नेपाली संघ र सभासद्हरुवीच छलफल भएको छ । हालै संसदमा पेश गरिएको ‘नेपाल खुला बिश्वबिद्यालय विधेयक’ २०७२ बारे संसदको महिला वालवालिका जेष्ठ नागरिक तथा समाज कल्याण समितिसँग एनआरएन नेतृत्वले काठमाडौंमा छलफल गरेको हो । बिश्वबिद्यालयको नाम के राख्ने, कुलपति कसलाई बनाउँदा उत्तम हुने र बिश्वबिद्यालय सभामा गैरआवासीय नेपाली संघको प्रतिनिधित्व कति हुने लगायतका बिषयमा छलफल केन्द्रित भएको थियो । अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै एनआरएन अध्यक्ष शेष घलेले बिदेशमा रहेका नेपालीहरुका ज्ञान, सीपलाई संस्थागत रुपमा नेपाल भित्राउने योजना अनुरुप खुला बिश्वबिद्यालयको स्थापनाका लागि विगत सात बर्ष देखि एनआरएनले पहल गरिरहेको बताए । यस्तो योगदानलाई प्रोत्साहित गर्न बिश्वका ६ वटा क्षेत्रहरुबाट एक एकजना गैरआवासीय नेपालीको प्रतिनिधित्व हुने गरी ६ जनालाई बिश्वबिद्यालय सभामा राख्नु पर्ने उनले माग गरे । यस्ता पदहरु अबैतनिक हुने भएकाले २३ सदस्यीय सभामा अन्य ६ जना थपिँदा खासै आर्थिक भार समेत नपर्ने घलेको भनाई थियो । अध्यक्ष घलेले ज्ञानको सीमारहित स्रोतलाई नेपालमा केन्द्रीत गर्न गरिएको यो प्रयासलाई दिगो बनाउन बिश्वबिद्यालयलाई आर्थिकरुपमा सबल बनाउने गरी तयारी थाल्नु पर्ने बताए । सो अबसरमा सभासद्हरुले खुला बिश्वबिद्यालय स्थापनाका लागि गैरआवासीय नेपाली संघले गरेको प्रयत्नको प्रसंसा गरेका थिए । बिश्व ज्ञान भण्डारलाई नेपालमा आकर्षित गर्न गैरआवासीय नेपाली संघले गरेको कोसिसलाई मूर्तरुप दिन आफूहरुले सक्दो योगदान गर्ने सभाषदहरुले प्रतिवद्धता जनाए । बिश्वबिद्यालय सभामा एनआरएनको प्रतिनिधित्व बढाउनु पर्ने मागका सन्दर्भमा अधिकांश सभासद सहमत थिए । केही सभासद्हरुले बिश्वबिद्यालय सभामा बहुमत सदस्य नै एनआरएनलाई दिन सकिने बताएका थिए । कतिपय सभासद्ले बिश्वबिद्यालय नै एनआरएनले संचालन गर्नु पर्ने र सरकारलाई आर्थिक भार पार्न नहुने सुझाव दिएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय