मलेशियामा वेखवर विनोदराज पाण्डेको खोजीको लागि सहयोगको अपिल

धादिङ, असार २४- त्रिपुरेश्वर ५ धादिङका विनोदराज पाण्डे २०६२ जेष्ठ ९ गते मलेशिया गएका थिए । उनी २०६७ माघसम्म घरमा सम्पर्कमा थिए । त्यसपछि उनी एकाएक बेखवर भएका छन् । उनले परिवारलाई त्यसयता फोन सम्पर्क नगरेको विनोदका बाबु गोपीप्रसाद पाण्डेले बताएका छन् । छोरो वेखवर भएपछि पाण्डे परिवारले २०७१ वैशाखमा काठमाडौंमा रहेको कन्सुलर विभाग, त्रिपुरेश्वरमा गएर छोराका खोजिका लागि निवेदन हालेका थिए । सो निवेदन मलेशियास्थित नेपाली दुतावासमा पठाइएको र एक वर्ष भित्रमा उनको अवस्था पत्ता लाग्ने जानकारी कन्सुलर विभागले दिएको भएपनि हालसम्म उनको अवस्था परिवारले थाहा पाउन सकेको छैन । Binod Pandey Letter पाण्डे परिवारले अहिले उनको खोजीका लागि सुचना तथा परामर्श केन्द्र, धादिङमा निवेदन हालेको सुचना केन्द्रकी संयोजक गंगा सुवेदीले बताइन् । विनोद मलेसिया जाँदाको कुनै कागजात नभएका कारण उनको खोजिमा समस्या भएको सुवेदीको भनाई छ । उनले यसअघि घरमा पठाएको पत्रमा मलेसियाको ठेगाना मुहार, जोहर र काम गर्ने कम्पनीको नाम ग्यादरउड ईण्डष्टिज लेखिएको छ । तर हाल उनी सो ठेगानामा रहे नरहेको कुनै जानकारी परिवारसँग छैन । उनको खोजिमा तपाई पनि सहयोग गर्न सक्नुहुन्छ । उनको अवस्था पत्ता लगाउन मलेसियाको जोहरमा रहेका नेपालीहरुले यो तस्वीरमा देखिएका व्यक्तिलाई देख्नुभेट्नु भएमा खवर गरिदिनु होला । यो पनि पढ्नुहोस् भेटिए साउदीमा हराएका परदेशी 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: