व्यवसायीले विकल्प खोज्न थाले

काठमाडौं, साउन ४- सरकारले शून्य लागतमा वैदेशिक रोजगारीमा कामदार पठाउने व्यवस्था लागू गरेपछि टिकेटिङ व्यवसाय गर्ने ट्राभल कम्पनीले विकल्प खोज्न थालेका छन् । म्यानपावर कम्पनीले शून्य लागतको विरोध गरेपछि वैदेशिक रोजगारमा कामदार जान ठप्प भएको छ। कामदार नगएपछि खाडी मुलुकका लागि मात्र टिकट काट्ने ट्राभल व्यवसायको कारोबार समेत ठप्प छ। टिकेटिङ व्यवसाय ठप्प भएकोले यसको विकल्पमा ट्राभल व्यवसायी टुर अपरेट्रिङ व्यवसाय सुरु गर्न थालेका छन्। सोसाइटी अफ टुर एन्ड ट्राभल अपरेटर्स (सोट्टो) नेपालका अध्यक्ष यमबहादुर खड्काका अनुसार अहिले नेपालमा टिकेटिङको मात्रै व्यापार गर्ने ट्राभल कम्पनीको संख्या सात सयको हाराहारिमा छ । टिकेटिङको मात्रै कारोबार गर्ने यी कम्पनीले उपयुक्त विकल्पका रूपमा टुर अपरेट गर्न थालेको खड्काको भनाइ छ। सम्पूर्ण नेपाली कामदारको हितका लागि सरकाले गरेको निर्णय उपयुक्त भएकोले पनि अब टिकेटिङ व्यवसाय पुरानै अवस्थामा आउन नसक्ने व्यवसायीको बुझाइ छ। फ्रि भिसा र फ्रि टिकेट सम्बन्धित कम्पनीले नै पठाएको अवस्थामा नेपाली ट्राभल कम्पनीको भविष्य छैन। त्यसैले टुरको विकल्प नै नभएको सोट्टो नेपालको भनाइ छ। टिकेटिङको कारोबार मात्रै गर्ने ट्राभल कम्पनीले धमाधम टुर अपरेटर्समा परिवर्तन गरेर व्यवसायको प्रवद्र्धन सुरु गरिसकेको खड्काले जानकारी दिए। टिकेटिङको कारोबारमा केन्द्रित एरोलिन ट्राभल, आशो वर्ल्ड, बोन ट्राभलले टुर्स अपरेटर्स सुरु गरेको सोट्टोको भनाइ छ। टिकेटिङको मात्रै कारोबार गरिरहेका ट्राभल कम्पनी एक पछि अर्को गर्दै टुरतर्फ लागेका छन्। सोट्टोका अनुसार सात सय ट्राभलमध्ये करिब साढे तीन सयदेखि चार सय व्यवसायीले टुरको व्यवसाय गर्ने भएका छन्। टिकेटिङमा भविष्य नभएपछि आफ्ना सदस्यलाई टुरतर्फ उत्प्रेरित गर्न थालेको सोट्टोको भनाइ छ। सोट्टोले टुर प्रवद्र्धन गर्न आगामी अगस्ट १९ मा मलेसिया र सिंगापुर जाने निर्णयसमेत गरिसकेको छ । यसमा २५ वटा टुर अपरेटर्स सुरु गर्न चाहने तर अहिले टिकेटिङमा मात्र केन्द्रित ट्राभल व्यवसायी सहभागी हुने भएका छन्। टिकेटिङमा भविष्य नभएकोले अब साहसिक पर्यटकीय गतिविधि, ट्रेकिङ, र्‍याफिटङ र होटेल÷रेस्टुरेन्टतर्फ आफ्नो व्यवसाय परिवर्तन गर्नुको विकल्प नरहेको नेपाल एसोसिएन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्ष रामकाजी कोनेले बताए। उनका अनुसार सरकारले कामदारको पक्षमा गरेको निर्णय कार्यान्वयनमा शंका गर्न सकिदैन। त्यसैले अब ट्राभल व्यवसायीले आफूलाई टिकाउन पनि विकल्प खोज्नुपर्छ। शून्य लागतको निर्णयसँगै खाडी मुलुकबाट नेपाल उडान गर्ने वायुसेवाले ७० प्रतिशत उडान कतौटी गरिसकेका छन्। शून्य लागतको निर्णय कार्यान्वयनपछि कामदार पठाउँदा सम्बन्धित कम्पनीले टिकट उतैबाट पठाउने (पीटीए) को व्यवस्था हुने भएकाले नेपालमा ट्राभल व्यवसाय संकटमा परेको उनको बुझाइ छ। एउटा व्यवसायमा टिक्न नसक्ने भएपछि अर्को विकल्प खोज्नु तथा व्यवसायिक रणनीति परिवर्तन हुनु सामान्य भएको कोनेको भनाइ छ। टिकेटिङको विकल्प खोज्दै अधिकांश व्यवसायीले आन्तरिक तथा वाह्य पर्यटकको प्याकेज बनाउने योजना अगाडि सार्न थालेको सोट्टोका महासचिव मधुसुदन उपाध्यायले जानकारी दिए। राष्ट्र र आम नेपालीलाई नै लाभ हुने विषयलाई सबैले आत्मसाथ गर्नुपर्छ। विकल्प खोज्न सुरु गरेका केही व्यवासायीले कम्पनीको वेवसाइड, ब्रोसर, प्रवद्र्धनात्मक सामग्री र आन्तरिक तथा वाह्य पर्यटकको टुर प्याकेज बनाउन थालेको उपाध्यायले बताए। उनका अनुसार लगानी गर्न सक्ने र एक डेढ वर्षसम्म धैर्य गर्न सक्ने व्यवसायी बाहेकका अन्य टिकेटिङ व्यवसायी आफैं विस्थापन हुने अवस्थामा पुगेका छन्। अन्नपूर्ण पोष्टबाट यो पनि पढ्नुहोस् कतारमा अभिभावक होस् त यस्तो

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय