आजदेखि  फ्रि भिषा, फ्रि टिकटमा मात्र श्रम स्वीकृति

काठमाडौं, असार २१- व्यवसायीको विरोधका वावजुद अन्ततः खाडीका ६ देश सहित मलेसिया जाने नेपाली कामदारलाई निःशुल्क भिषा र निःशुल्क टिकटमा मात्र पठाउने व्यवस्था लागु भएको छ । श्रम तथा रोजगार मन्त्रालयले यसअघि नै गरेको निर्णयलाई बैदेशिक रोजगार विभागको काठमाडौं कार्यालयले आजदेखि कार्यान्वय सुरु गरेको छ । विभागका प्रवक्ता बद्रीकुमार कार्कीका अनुसार मन्त्रालयको ‘निर्णय अनुरुप मात्र आज देखि श्रम स्वीकृति दिन’ पत्र पठाइएको बताए । कार्कीका अनुसार सोमवार देखि निःशुल्क भिषा र निःशुल्क टिकट सहितको मागपत्र ल्याएका कम्पनीहरुको मात्र मागपत्र स्वीकृत गर्न पत्राचार गरिएको छ । ‘हामीलाई पूर्व निर्णय कार्यान्वयन नगर्नु भन्ने कुनै पत्र आएको छैन’ प्रवक्ता कार्कीले भने ‘यसबारेमा मन्त्रालयमा बैठक भइरहेको छ, थप जानकारी त्यसपछि आउनेछ ।’ यो व्यवस्थासँगै मलेसिया, कतार, साउदी अरव, युएई, बहराइन, ओमन, कुवेत जाने नेपाली कामदारले अव भिषा शुल्क र हवाई टिकट वापत कुनै रकम तिर्नुपर्ने छैन । मन्त्रालयले जेठ २७ मा निःशुल्क टिकट र भिसामा मात्र वैदेशिक रोजगारीमा कामदार पठाउने नीतिगत निर्णय गरेको थियो। सरकारले तोकेको दररेट अनुसार मलेसिया जाने कामदारसँग बढीमा रु ८० हजार, खाडी राष्ट्र जानेहरुसँग बढीमा रु. ७० हजार लिन पाइने विपरित बैदेशिक रोजगारमा जाने कामदारसँग हाल व्यवसायीले साढे तीनलाखसम्म असुल्ने गरेका छन् । निर्माण क्षेत्रको कठिन र न्यून आम्दानी हुने काममा जानेहरुसँग समेत व्यवसायीले झण्डै एक लाखको हाराहारी असुल्ने गरेका छन् । हाल नेपालबाट बर्षेनी साढे ५ लाखको हाराहारीमा नेपाली युवा रोजगारीका लागि विदेशिने गरेको बैदेशिक रोजगार विभागको तथ्याँक छ । त्यसमध्ये झण्डै ५ लाखको हाराहारी मलेसिया र खाडीका मुलुकमा जाने गरेका छन् । त्यसैले मलेसिया र खाडीका देशमा भिसा र टिकट निःशुुल्क हुँदा अधिकाँश नेपाली कामदारले लाभ पाउनेछन् । यो पनि पढ्नुहोस् तपाई जालीझेलीको पक्षमा की निमुखा कामदारको ?  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय