लेवरबाट मालिक(भिडियो सहित)

भूपेन्द्र बहादुर थापामगर(३५) सुर्खेत लेखफर्सा गाविसका स्थायी बासिन्दा हुन् । हाल बाँकेमा बस्दै आएका थापामगरको गाउँमा हुँदाको बसिवियालोे थियो कृषि । गाउँमा हुँदा आयश्रोतको अन्य बाटो थिएन । आफ्नै जग्गा जमिन पनि धेरै थिएन । गाउँकै विद्यालयबाट उनले जसोतसो कक्षा १० सम्म अध्ययन गरे । तर त्यो भन्दा अघि बढ्न सकेनन् । के गर्ने परिवारको आर्थिक अवस्था कमजोर थियो, त्यसैले मजदुरी गर्न सक्ने भएपछि आयश्रोतको खोजिमा जुट्नु पर्ने मेरो बाध्यता थियो उनी विगत सम्झिन्छन् । गरिखाने उपाय खोज्दै उनी बाँके झरे २०६० सालमा । कसैलाई चिनेको थिएन, गरिखाने ईलम जानेको थिएन । त्यसैले बाँकेको शम्शेरगञ्जमा उनी लेवरको काम गर्न थाले । उनलाई पहिले देखि नै कुनै न कुनै तालिम लिन सकेमा अलिक सुविस्ताको र कमाई हुने काम पाइन्छ भन्ने लाग्थ्यो । तर ति तालिम कि त टाढा खुल्थे वा नजिकै खुलेका पनि शुल्क तिर्नुपर्ने हुन्थे । त्यसैले न उनी टाढा गएरै तालिम लिन सके न त आफू बसे पायकमै भाग लिन पाए । Bhupendra 1 तर पनि भूपेन्द्र कुनै उपयुक्त मौकाको पर्खाईमा थिए । त्यहि बेला पत्रिकामा विज्ञापन देखे निःशुल्क तालिम त्यो पनि कोहलपुरमै । विज्ञापनमा दिएको ठेगाना पछ्याउँदै उनी पुगे कोहलपुर ईन्स्टिच्यूट(काइट)को कार्यालयमा । र, फर्म भरे । ईलेष्ट्रिसियनको तालिममा छानिएका भूपेन्द्रले बडो मन लगाएर तालिम सके । तालिम सकेपछि उनलाई अरुकोमा काम गर्न जानुहुन्न, आफ्नै थाल्नुपर्छ भन्ने लाग्यो । र उनले सुरु गरे रेचल ईलेक्ट्रिक सेण्टर । काम गर्न चाहिने आवश्यक सामान उनले किने । केहि सामान तालिम दिएको संस्था काईटबाट पनि पाए । अनी उनको व्यापार सुरु भयो । झण्डै ३० ४० हजारबाट सुरु भएको उनको व्यवसाय अहिले चारलाख बढीको भएको छ । पंखा, तार, विजुलीका अन्य सामान उनको आफ्नै गोदाममा भरिंदै गएका छन् । Bhupendra 2 उनी भन्छन् पहिले म लेवरको काम गर्थे । अहिले मिस्त्री भएको छु । आफैं सामान राख्न थालेकाले अव विस्तारै व्यापारी पनि हुँदै गएको छु । काम विस्तारै थपिंदै गएको छ । त्यसैले उनले अरु दुईजना काम गर्ने साथि पनि राखेका छन् । उनीहरुले मासिक १० देखि १२ हजारसम्म पाउँछन् । महिनामा सवै खर्च कटाएर २५ हजार जति भूपेन्द्रको कमाई हुन थालेको छ । कमाई हुन थालेपछि केहि बचत पनि हुन थालेको छ उनको । हाल मासिक १० हजारको हाराहारी बैंकमा बचत गर्न थालेका छन् । उनी त्यो रकम व्यापार बढाउन लगानी गर्ने योजनामा छन् । उनले आफू पढ्न पाएनन् । पढ्न सक्दा अवशर अझ धेरै हुन्छ भन्ने लाग्छ उनलाई । तर पढ्न नसक्नेहरुका लागि पनि ठ्याम्मै अवशर नहुने भन्ने होइन भन्ने उनको धारणा छ । पढ्न सकिएन भनें पनि कुनै न कुनै सीप सिक्नु पर्छ । त्यसो भएमा बेरोजगार बस्नु पर्दैन भूपेन्द्र भन्छन् । Bhupendra 3 कामको खाँचो छैन । आफ्नै ठाउँ वरपर घर निर्माणको काम चलिरहेको छ । त्यसैले उनको सपना पनि बढ्दै गएको छ । उनी भन्छन् लेवरबाट म मिस्त्री थिएँ । अहिले व्यापारी बन्दैै छु । हेरौं समयले साथ दियो भनें म अव ईलेक्ट्रीकको ठूलो होलसेल पसल खोल्ने योजनामा छु । –सुनिल न्यौपाने, बाँकेबाट फर्केर (भूपेन्द्र बहादुर थापामगर रोजगार कोष अन्तर्गत सन् २०१४ को तालिम तथा रोजगारी कार्यक्रमका लाभान्वित युवा हुन् । उनलाई तालिम तथा रोजगारीका लागि स्थानीय तालिम तथा रोजगार प्रदायक संस्था कोहलपुर इन्स्टिच्यूट अफ टेक्निोलोजी, बाँकेले सहयोग गरेको थियो । रोजगार कोष सन् २००८ देखि नेपालमा क्रियाशील छ । सन् २०१५ को मार्चसम्ममा रोजगार कोषले करिब एक लाख युवालाई तालिम तथा रोजगारीका लागि सहयोग गरिसकेको छ । नेपाल सरकार शिक्षा मन्त्रालयको रेखदेख र हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालले कार्यान्वयन गरेको रोजगार कोषमा स्वीस सरकार विकास सहयोग (एसडीसी), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (युकेएड) र विश्व बैँकको आर्थिक सहयोग प्राप्त छ ।) भिडियो हेर्नुहोस्  https://www.youtube.com/watch?v=KNuloShMxO4&feature=youtu.be

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय