मेरो भिसा कहिले आउँछ…………?

रामेछाप- बैदेशिक रोजगारीका लागि तत्पर रामेछापका बाबुलाल तामाङलाई त्यो ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै भएको छ । विदेश जाने धुुनमा म्यानपावर कम्पनीहरुको चक्कर जाँतोले झैं काटिरहेका बाबुलालका लागि बैदेशिक रोजगारी पूरै नौलो चाहिं होइन । यसअघि एकपटक युएई र अर्कोपटक कतारमा सेक्यूरिटी गार्डको काम गरेर फर्केका बाबुलालको यसपटक भनें भिसा आएको छैन । विद्यालयमा कहिल्यै दोश्रो नभएका बाबुलालले एसएलसीमा पनि सिन्धुली जिल्ला प्रथम भएर उत्तीर्ण गरेका थिए । तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनले अध्ययनलाई अघि बढाउन पाएनन् । विवाह पश्चात सन् २००४ मा सेक्यूरिटी गार्डका रुपमा काम गर्न यूएई पुगेका तामाङले त्यहाँ तीन वर्ष अरवको तातो घाममा पसिना बगाए । सन् २००७ मा नेपाल फर्केपनि उनी लामो समय नेपाल बसेनन् । स्वदेशमा रोजगारीको अन्य विकल्प नपाएपछि उनी पुनः सन् २००८ मा कतारमा सेक्यूरिटी गार्ड भएर पुगे । उनी कतारमा पाँच बर्ष काम गरेर फर्किएका हुन् । भनिन्छ ‘बाह्र छोरा तेह्र नाति बुढाको धोक्रो काँधै माथि’ बाबुलाललाई पनि त्यस्तै भएको छ । यसबीचमा बालबच्चा भए, परिवार बढ्यो र बढ्यो खर्च पनि । तर स्वदेशमा आम्दानीको श्रोत भएन । आठ बर्ष बैदेशिक रोजगारीमा नै विताइसकेका बाबुलाल पुनः बैदेशिक रोजगारीमा जाने प्रकृयामा लागे । यूएईको काम उनका लागि रुचिकर लाग्यो । त्यसैले उनले सेक्यूरिटी गार्डमा पुनः यूएई जान फ्युचर स्टार म्यापावर प्रा.लि.सामाखुसी काठमाडौँमा पासपोर्ट र ५० हजार रुपैया बुझाए । यसअघि उहि तरिकाले बैदेशिक रोजगारीमा गएका बाबुलालका लागि यसपटक त्यस्तो भएन । म्यानपारमा पासपोर्ट वुझाएको महिनौं भइसक्दा पनि म्यानपावरले भिसा आएन भनिरह्यो । हप्तामा दुईपटक उनी म्यानपावरको कार्यालयमा पुग्थे तर उत्तर उहि थियोः भिसा आएन । यता ऋण गरेर बुझाएको ५० हजारको व्याज उकालो लाग्दै गयो । पासपोर्ट र रकम बुभाएको आठ महिना पछि म्यानपार कम्पनीका कर्मचारीले फोनमा भने तिम्रो भिसा आएन । उनी निराश हुँदै म्यानपावरको कार्यालयमा पुगेर पासपोर्ट र रकम फिर्ता लिएर आए । Receipt विदेश नगइ भएको थिएन । नेपालमा बसेर खाँदा ऋण बढ्दै गएको थियो । त्यसैले उनी म्यानपावर कम्पनीहरुको फन्को मारिरहे । सेक्युरिटी गार्डको माग आएको म्यानपावर कम्पनी खोज्दै जाँदा फेला पर्यो डीडी ओभरसिज, काठमाडौं । त्यहाँ अन्तर्वार्ता दिए, पास भए र पासपोर्ट तथा ५० हजार रुपैया वुझाएर पुनः भिसा पर्खिन थाले । तर नतिजा उहि दोहोरियो । आजभोली भन्दै ६ महिना पर्खेपछि उनलाई कम्पनीले उनको भिसा नआएको भन्दै पासपोर्ट र रकम फिर्ता गरिदियो । यति हुँदा पनि उनले विदेश जाने आश भनें मारेनन् । अन्तिम पटक कोशिस गर्छु भन्दै उनले अल सेकुवर म्यानपावर कम्पनी मार्फत प्रकृया गरेका छन् । तर त्यहाँ पनि सात महिना भइसक्यो तर उनको भिसा आएको छैन । उनलाई डर छ, यसपटक पनि भिसा नआउने हो की ? भनेर । त्यसो भयो भनें साहुको बढेको ऋण कसरी तिर्ने भन्ने चिन्ता छ उनलाई । उनी भन्छन- भिसा कुर्दा कुर्दै धेरै समय मात्रै वितेन, ऋणको व्याज पनि साँवा जत्ति नै पुग्न लागिसक्यो । तर मेरो भिसा आएन । आखिर मेरो भिसा कहिले आउँछ ?’ -सिर्जना बस्नेत यो पनि पढ्नुहोस्  नेपाली महिलाको रहस्यमय मृत्यु  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय