पिसाव पनि विक्रि हुँदै

सुर्खेत – पत्याउनु हुन्छ ? मान्छेको पिसाब पनि बिक्री हुन्छ । सार्वजनिक शौचालयमा पिसाव गरे वापत पैसा तिरिरहेका तपाईलाई यो पत्याउन मुस्किल विषय पनि हो । तर यथार्थमा पिसा विक्रि भइरहेको छ । कहाँ बिक्री हुन्छ त ? सुर्खेतको वीरेन्द्रनगर १५ का ज्ञानबहादुर रावतले पिसाबको हिसाब गरिरहेका छन् । ज्ञानबहादुरले पिसाब बैंक सञ्चालन गरेका छन् । उनी प्रति लिटर पिसाब डेढ रुपैँयामा खरिद गर्छन । दुई बर्ष अघिदेखि तरकारी खेतीमा पिसाब प्रयोग सुरु गरेका रावत अहिले पिसाब प्रयोग गरेको तरकारी बिक्री गर्ने व्यावसायिक कृषक बनेका छन् । हुन त ज्ञानबहादुरलाई दुई बर्ष पहिले पिसाब गरेर तरकारी फलाउछु भन्ने त्यति धेरै विश्वास आफैलाई पनि थिएन । अर्गानिक तरकारी खेति गर्छु भन्दा नत छिमेकीहरुले नै पत्याएक थिए । तर अहिले उनको प्रयोग सफल भएको छ । पिसाब र जैविक बिषादी प्रयोग गरेको तरकारीबाट रावत राम्रो आम्दानी लिन सफल भएका छन् । “मैले अहिले दुई बर्ष जति भयो तरकारीमा मानव मलमुत्र प्रयोग गर्न थालेको” तरकारीमा पिसाब प्रयोगपछि पाएको प्रतिफलका बारेमा बताउँदै रावतले भने,“यसमा एक त पैसाको पनि बचत, दोस्रो बोट विरुवामा किरा नलाग्ने गुण पनि देखिएको छ । अनि यूरीयाको राम्रो काम गर्दो रहेछ । बिरुवा लामो समयसम्म टिक्ने, धेरै फल्ने सानै उम्मेरदेखि उत्पादन दिँदै जाने र माटोपनि एकदम खुकुलो भएको पाएको छु ।” वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले उनलाई तरकारीमा मानव मुत्र प्रयोग गर्न उत्प्ररित गरेपछि सुरुमा ज्ञानबहादुरले नमुना परिक्षणका रुपमा पिसाब प्रयोग गरेका थिए । एन्फोको सहयोगमा मल चर्पी निर्माण गरेका छन् । आफ्नो चर्पीबाट बाहेक अहिले एक ठाउँबाट मासिक ६० लिटर र अर्का एक जनाबाट ४० लिटर पिसाब खरिद गर्छन् । उनले आफू मात्र नभई अरु छिमेकीहरुलाई पनि खेतीमा पिसाब प्रयोगको लागि सिकाइरहेका छन् । सुरु सुरुमा के हो यस्तो फोहोरी काम गरेको ? यस्तो काम गर्न पनि के ठिक लाग्यो ? पनि भन्थे । दिसा पिसाब हालेको तरकारी किन खाने भन्ने किसिमका कुराहरु पनि आए । तर विस्तारै तरकारी खरिद गर्नेहरु बढे उनी भन्छन् । उनले अहिले १० कठ्ठा जग्गामा तरकारी खेती गरिरहेका छन् । उत्पादित ५० प्रतिशत स्थानीयले किन्ने गरेका छन् । मानव मलमुत्रसंगै उनलाई पशु मलमुत्र प्रयोग गर्नुपर्छ भन्ने लागेर भकारो सुधार पनि गरिरहेका छन् । नजिकैको प्राथमिक विद्यालय चाँदनी चौकीमा पनि अहिले पिसाब संकलन गर्न मिल्ने चर्पी निर्माण हुँदैछ । त्यहाँबाट आफूले पिसाब खरिद गर्ने सहमति भएको उनले बताए । बेमौसमी तरकारी खेती गर्ने रावतले गत बर्ष एउटा टनेलमा ६ क्वीन्टल काँक्रा फाएका थिए । यस बर्ष ३ वटा टनेलमा लगाएको १८ क्वीन्टल फलाएर बिक्रि गरेको बताए । युवा अवस्थामा विदेश जाने रहर उनको मनमा पनि नपालाएको होइन् । जन उनले विदेशबाट फर्केका अरु युवाहरुको व्यथा बुझे र विदेशमा जानु भन्दा आफ्नै गाउँघरमा तरकारी खेती गरेर पनि जिविका चलाउन सकिन्छ भन्ने बुझेपछि विदेशजाने सोच मनबाट निकालिदिए । तरकारीखेतीबाट ज्ञानबहादुरले बार्षिक ४—५ लाख आम्दानी गरिरहेका छन् । कारोवारबाट यो पनि पढ्नुहोस् कोरियामा मर्सको त्रास, ९ को मृत्यु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय