एउटा सुचनाले जोगायो ४ लाख ८० हजार

अशोककुमार साह, सप्तरी- बैदेशिक रोजगारीमा जान तत्पर मलेठका आठजना युवाको ४ लाख ८० हजार रुपैंयाँ केवल एउटा सुचनाले जोगाएको छ । सुरक्षित आप्रवासन परियोजना/हेल्भेटास नेपालको सहयोगमा सवल नेपालले मलेठमा दिएको जानकारीले उनीहरुको रकम जोगिएको हो । मलेसियामा एक ईलेक्टोनिक कम्पनीमा काम गर्न जान तत्पर ति युवाले यसअघि स्थानीय बेलहीचपेनाका एजेण्ट पर्शुराम यादवसँग प्रतिव्यक्ति १ लाख ७० हजार दिने तय गरेका थिए । उनीहरुलाई मासिक ४० हजार कमाई हुने प्रलोभन एजेण्ट यादवले दिएका थिए । तर गाउँमा गरिएको छलफलमा त्यति धेरै रकम नलाग्ने जानकारी उनीहरुलाई सवल नेपालका तर्फबाट दिइएपछि उनीहरुले गत शुक्रवार एजेण्टसँग सामुहिक छलफल गरेका थिए । पासपोर्ट बुझाएका भोलाप्रसाद मण्डलका अनुसार वास्तविक लागतका बारेमा जानकारी पाएपछि उनीहरुले गाउँमै छलफल गरी त्यति रकम नदिने बताएका थिए । झण्डैै १० महिनादेखि पासपोर्ट समेत एजेण्टले राखिदिएका कारण आफूहरु समस्यामा परेको भन्दै मण्डल सहितका युवा सप्तरीको राजविराजमा सञ्चालित सुचना तथा परामर्श केन्द्रमा आएका थिए । उनीहरुले आफूहरुको पासपोर्ट फिर्ता नदिएमा सञ्चार माध्यममा सार्वजनिक गर्ने तथा ठगीको मुद्धा बैदेशिक रोजगार विभागमा हाल्ने बताएपछि एजेन्ट यादव मलेठ आएका थिए । तत्पश्चात उनले सोही समयमा सवैको पासपोर्ट आफुले लिएको भनेर भपाई गरिदिएका थिए । सोही क्रममा सवल नेपालका प्रतिनिधिले मलेसियाका लागि लाग्ने अधिकतम लागत सरकारले ८० हजार मात्र तोकेका बताएपछि एजेन्ट यादवले केहि समय त्यसको प्रतिवाद गरेका थिए । अन्त्यमा उनीहरु मोलमोलाई गरी प्रतिव्यक्ति १ लाख १० हजारमा जेष्ठ मसान्त भित्रै मलेसिया उडाउने लिखित सहमतिमा आएका हुन् । यो पनि पढ्नुहोस् दुवईमा आइडल जिते नेपालीले

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय