विभिन्न देशमा रहेका दुतावास मार्फत सहयोग

काठमाडौं- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विदेशस्थित नियोगहरू मार्फत झन्डै डेढ अर्ब रुपैयाँ सहयोग रकम जम्मा भएको छ । विभिन्न १२ देशका नेपाली नियोगले कोषमा सहयोग रकम दाखिला गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार नियोगमार्फत ३१ वैशाखसम्ममा एक अर्ब ३८ करोड ७६ लाख ९२ हजार चार सय ६१ रुपैयाँ कोषमा संकलन भएको छ । सबैभन्दा बढी सहयोग चीनस्थित नेपाली दूतावास र वाणिज्य दूतावासमार्फत आएको छ । दुवै निकायले हङकङ सरकारबाट ६७ करोड ६२ लाख १९ हजार, मकाउ सरकारबाट २५ करोड ५२ लाख रुपैयाँ, विभिन्न संघसस्थाबाट १० करोड १२ लाख रुपैयाँ संकलन गरी पठाएको मन्त्रालयले जनाएको छ । थाइल्यान्डबाट पनि थाई राजदम्पतीबाट व्यक्तिगत सहयोग ६ करोड आठ लाख ३२ हजार र थाइल्यान्ड सरकारबाट दुई करोड रुपैयाँ सहयोग प्राप्त भएको छ । मन्त्रालयका अनुसार विभिन्न संघसंस्था तथा व्यक्तिबाट सात करोड २८ लाख ९७ हजार ६ सय ५६ रुपैयाँ, तीन करोड ३४ लाख ५७ हजार आठ सय ७९ सेन्ट्रल वल्र्ड ग्रुप अफ थाइल्यान्ड र अन्य व्यक्तिबाट संकलन भएको रकम प्रधानमन्त्री कोषमा आएको छ । क्याम्बोडियाबाट एक करोड रुपैयाँ थाइल्यान्डस्थित नेपाली दूतावासमार्फत आएको छ । इन्डारम भेन्चर्स ग्लोबल सर्भिसले १५ लाख थाई भाट र भारतीय समुदायले तीन लाख ५० हजार थाई भाट उपलब्ध गराएको बैंककस्थित दूतावासले जनाएको छ । सो रकम थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीलाई हस्तान्तरण गरिएको थियो । त्यस्तै, भारतको दिल्लीस्थित नेपाली दूतावासमार्फत १० करोड अमेरिकी डलर प्रधानमन्त्री कोषमा जम्मा भएको छ । जापानको नेपाली दूतावासले तीन करोड १९ लाख ९७ हजार तीन सय १६ रुपैयाँ पठाएको छ । कुवेतबाट ५० लाख ५९ हजार पाँच सय रुपैयाँ प्राप्त भएको परराष्ट्रले जनाएको छ । सो रकम दूतावास कर्मचारी, नेपाली नागरिक र संघसंस्थाबाट उठाइएको हो । यसैगरी, बंगलादेशबाट ८८ लाख ४० हजार चार सय ५४ रुपैयाँ, दक्षिण अफ्रिकाबाट ५० लाख रुपैयाँ, मलेसियाबाट २८ लाख ५५ हजार र कतारबाट १२ लाख ३६ हजार रुपैयाँ प्राप्त भएको परराष्ट्रले जनाएको छ । प्रधानमन्त्री कोषमा साढे दुई अर्ब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार बेलुकासम्म साढे दुई अर्ब रुपैयाँ जम्मा भएको छ । शुक्रबार ३२ संघसंस्था र व्यक्तिले कोषमा आर्थिक सहयोग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार कोषमा दुई अर्ब ६० करोड १० लाख ३७ हजार ६ सय ४६ रुपैयाँ जम्मा भएको छ । शुक्रबार मात्र तीन करोड ३१ लाख ३९ हजार दुई सय ७९ रुपैयाँ जम्मा भएको कार्यालयले जनाएको छ । बिमा संस्थान, राष्ट्रिय वाणिज्य बैंकसहितका कम्पनीहरूले शुक्रबार सहयोग गरेका हुन् । राहत हिनामिना भए सूचना दिनुस्: प्रधानमन्त्री प्रधानमन्त्री सुशील कोइरालाले भूकम्पपीडितलाई दिइने राहत हिनामिना भए सूचना दिन आग्रह गरेका छन् । उनले मुलुकमा विपत्ति परेका वेला सबै एकजुट भएर सामना गर्नुपर्ने पनि बताए । भूकम्पपीडितका लागि सहयोग हस्तान्तरण गर्न बालुवाटार पुगेको राष्ट्रिय वाणिज्य बैंकको टोलीसँग प्रधानमन्त्री कोइरालाले राहत हिनामिना भए सूचना दिन आग्रह गरेका हुन् । राहत हिनामिना गरे कडा कारबाही गर्ने उनको चेतावनी छ । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ प्रदान गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष डा. रेवतबहादुर कार्कीले सहयोग रकमको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए । शुक्रबारै बिमा समिति, बिमा समिति कर्मचारी परिवार, राष्ट्रिय बिमा संस्थान तथा अन्य बिमा कम्पनीहरूले पनि कोषमा आर्थिक सहयोग गरेका छन् । प्रधानमन्त्रीले मुलुकमा विपत्ति परेका वेला सहयोग गरेकोमा बिमा समिति तथा बिमा कम्पनी र कर्मचारीलाई धन्यवादसमेत दिएका थिए । नयाँ पत्रिकाबाट यो पनि पढ्नुहोस् ‘सीप सिकाएर मात्र विदेश जान देउ’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय