
सउल- दक्षिण कोरियामा काम गर्न आएका एक नेपालीको निधन भएको छ । संखुवासभा स्थायी घर भएका सन्तविर राईको उपचारका क्रममा मृत्यु भएको रुपन्देही सम्पर्क समितिका उपाध्यक्ष कृष्ण तमुले जानकारी दिएका छन् । सामान्य रुघाखोकी, ज्वरो आएपछि राई बिगत ३ दिनदेखि अस्पतालमा उपचाररत थिए । स्टिलको पाइप बनाउने कम्पनीमा कार्यरत ३७ वर्षिया राईको निमोनियाका कारण मृत्यु भएको आशंका गरिएको छ । हाल उनको शव छनानको दाङ्गु युनिभर्सिटी अस्पतालमा राखिएको छ । राई इपिएस अन्तर्गत दक्षिण कोरिया आएका थिए । ४ वर्ष १० महिना कोरियाको बसाई पुरा गरी पुन सिबिटी मार्फत कोरिया आएको झन्डै ८ महिना भएको थियो । मृतक राईको एक छोरा र एक छोरी रहेको थाहा हुन आएको छ । हेल्लो नेपालकोरिया डटकमबाट यो पनि पढ्नुहोस् भूकम्प आउँदा नि तैंले सम्झिनस् है