धादिङ र नुवाकोटमा गैरआवासीय नेपाली संघको राहत

काठमाडौं- गैरआवासीय नेपाली संघले धादिङको उत्तरी भेग बसेरीका भूकम्पपिडीतलाई राहत बितरण गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र महासचिव कुमार पन्तसहितको टोलीले बसेरी पुगेर गाविस सचिव, स्थानीय समाजसेवी र बिद्यालयका शिक्षकको रोहरबारमा राहत बितरण गर्‍यो । ८ सय ६७ घरधुरी रहेको बसेरीमा गैरआवासीय नेपाली संघले सवै घरलाई एक–एकवटा त्रिपाल, कम्बल, चिउरा, चामल, चाउचाउ लगायतका सामग्री प्रदान गरेको छ । गोरखाको सीमा क्षेत्रमा पर्ने यो बिकट गाउँमा भूकम्पबाट लगभग सवैजसो घर भत्किएका छन् । ७ जनाले भूकम्पमा परी ज्यान गुमाए । तर, ज्यान गुमाउनको संख्या धेरै नभएका कारण ९ दिनसम्म कतैबाट पनि सहयोग पाउन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् । ‘यति दिन भइसक्यो, खाने अन्न छैन, ओत लाग्ने ठाउँ छैन, भूकम्पले भन्दा पनि खान नपाएर मर्ने अबस्था भयो’ स्थानीयबासी सकमाया गुरुङले भनिन् । वडा नम्बर ६ का बासिन्दा नारायणबहादुर कार्की भन्छन– ‘मानिसमात्र ७ जना मरेका हुन् तर, ९ वटा वडामा ९ वटा पनि सद्दे घर भेटन सकिन्न, हामी सहनै नसक्ने मारमा पर्‍यौं ।’ वडा नम्बर दुईका बासिन्दा नन्दबहादुर घले भन्छन–‘हाम्रो पहिलो प्राथमिकता बास हो, त्यसपछि गास हो र अनि ओढ्ने ओछ्याउने हो । कम्तीमा बासचाहिँ सरकारले बनाइदेओस् भन्ने हाम्रो माग हो ।’ राहत बितरणका लागि पुगेका गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले बाहिरबाट प्राप्त सहयोग आपसमा मिलेर उपभोग गर्न र थप राहतका लागि अग्रसर हुन सुझाव दिए । ‘तपाईहरु यस्तो दुस्खमा परेको देख्न र सुन्न नसकेरै हामी आफ्नो खल्तीबाट पैसा झिकेर तपाईका लागि खाना र नाना बाँड्न आएका हौं’ उनले भने –‘यस्तो बिपत् सवै मिलेर सामना गर्नुपर्छ, तपाईंहरु पनि स्थानीय तहमा मिलेर प्राप्त सहयोगको सदुपयोग गर्नुहोला ।’NRN Support  2 (2) गैरआवासीय नेपाली संघले नेपालका भूकम्पपिडीतलाई आपतकालिन राहतस्वरुप १० करोड रुपैयाँको कोष बनाई बिभिन्न ७ जिल्लामा राहत बितरण अभियान सुरु गरेको थियो । जसअनुसार अहिलेसम्म सिन्धुपाल्चोक, गोर्खा, लमजुङ, काभ्रे, धादिङमा राहत बितरण भइसकेको छ । पहिलो चरणमा १० हजार परिवारलाई राहत बितरण गर्ने योजनाअनुसार गैरआवासीय नेपाली संघका स्वयंसेवकको सहयोग र सक्रियतामा राहत बितरण कार्य भइरहेको छ । गैरआवासीय नेपाली संघले नुवाकोटको राकुका देवी गाविस र आसपासका भूकम्प पिडितहरुका सहयोगार्थ पाल ८५९, चाउचाउ १००० कार्टुन तथा कम्बल १६५० थान राहत सामग्री सोमवार वितरण गरेको छ । नुवाकोटमा संघका तर्फबाट राहत वितरणमा निवर्तमान अध्यक्ष जिवा लामिछाने, उपाध्यक्ष टिवि कार्की, कोषाध्यक्ष बद्री केसी, महिला संयोजक शपिला राजभण्डारी तथा अष्ट्रेलिया तथा चीनका एनआरएनहरुको सहभागीता रहेको थियो । यो पनि पढ्नुहोस् यो हप्ता युएईका दुई खास कुरा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय