युएइमा जव एउटी बालिका सहयोग बोकेर दुतावास पुगिन् ….

काठमाडौं – नेपालमा कतिपय बालबालिकाले आफ्नो बचतका रुपमा प्रयोग गर्ने खुत्रुके फुटाएर भूकम्प पीडितहरुलाई सहयोग गरिरहेको समाचार सार्वजनिक भइरहेका छन् । तर यो मानविय सहयोग नेपालमा मात्र सिमित छैन । युएईको आबुधावीकी एक १३ बर्षिया बालिकाले आफ्नो बचतका रुपमा राखेको १३ सय दिरहाम(झण्डै ३५ हजार रुपैंया) नेपालका बालबालिकालाई सहयोग गरेकी छिन् ।

मुसफाको एक विद्यालयमा कक्षा ९ मा अध्ययनरत फिरदुस फारुकीले टेलिभिजनमा नेपालका भूकम्प पीडित बालबालिकाको विजोग भएको देखेपछि आफूले जम्मा गरेर राखेको रकम सहयोेग गरेकी हुन् । उनी भारतको मुम्वईकी हुन् र हाल युएईमा अभिभावकसँग बसोवास गरिरहेकी छिन् ।

”मैले त्यो देखेपछि नजिकैको सुपरमार्केटमा गएर पानीको बोतल, धुलो दुधको प्याकेट, विस्कुट, तीनजना मान्छे बस्न मिल्ने एउटा टेण्ट र कम्मल किनेर नेपाली दुतावासमा गएर पुर्याएर आएँ” उनलाई उधृत गर्दै गल्फ न्यूजले समाचार लेखेको छ ।

उनले आफ्ना अभिभावकले दिएको रकम डेढ बर्षदेखि आफूलाई मन पर्ने ब्राण्डको विदेश व्याग खरिद गर्न सञ्चय गरिरहेकी थिइन् । सोही रकम अहिले उनले नेपालका भूकम्प पीडितका लागि सामान खरिद गर्न लगाएको समाचारमा उल्लेख छ ।

”म अहिले सहयोग गर्न पाएको धेरै सन्तुष्ट छु” ति बालिकाले भनेककी छिन् ”खुल्ला आकाशमुनी बसिरहेका, खानेकुरा नभएका ति व्यक्तिलाई देखेपछि मलाई धेरै नरमाइलो लाग्यो । उनीहरुसँग न बस्ने घर छ, न खानेकुरा छ, यतिसम्मकी उनीहरुसँग प्राथमिक उपचारका लागि औषधी र पानी समेत नभएको कुरा टीभिमा देखें” ति बालिकाको भनाई गल्फ न्यूजले उधृत गरेको छ ।

थोरै थोरै सहयोगबाट पनि धेरैलाई राहत पुर्याउन सकिने भन्दै फिरदुसले त्यसका लागि सवैले मद्धत गर्नुपर्ने बताइन् । ”मैले बच्चा देखि नै दुःखमा परेकाहरुलाई सहयोग गर्नुपर्छ भन्ने पढेकी र सिकेकी छु, त्यहि अनुसार अहिले आफूले सकेको सहयोग गरेकी हुँ” फिरदुसले भनेकी छिन् ।

फिरदुसकी आमा आसमा फारुकीले आफ्नी छोरीलाई दिएको पकेटमनीबाट उनले सहयोग गरेको देख्दा आफू धेरै हर्षित भएको बताइन् ।

युएईका लागि नेपाली राजदुत धनञ्जय झाले ति बालिकाले गरेको सहयोग साँच्चै प्रेरणादायी भएको बताए । ”उनलार्ई हामीले धन्यवाद पत्र लेखेर पठायौं” राजदुत झाले भने । युएईमा रहेका धेरै बालबालिकाले उनीहरुका परिवारलाई नेपालमा सहयोग गर्न आग्रह गरिरहेको आफूले थाहा पाएको भन्दै राजदुत झाले उनलाई नेपालीका तर्फबाट धन्यवाद दिए ।

यो पनि पढ्नुहोस्

मोवाइलबाट नै महिनामा ३० हजार कमाइ (भिडियो सहित)

यो हप्ता युएईका दुई खास कुरा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय