कोरियामा अनिश्चितकालिन हड्तालको आव्हान, तलव बृद्धि सहितका माग

सोल- कोरियन कन्फेडेरेसन अफ ट्रेड युनियन (केसिटियु) ले सरकारको श्रम बजार पुर्नसंरचना प्रस्तावको बिरोध स्वरूप अप्रिल २४ देखि अनिश्चितकालिन हडताल गर्ने भएको छ। केसिटियु ६ लाख ७० हजार सदस्यहरु भएको मजदुरहरुको छाता संस्था हो ।

मार्च २१ देखि अप्रिल ८ सम्म भएको संगठनको सदस्यहरुबिचको मतदानमा ८४ ३५ प्रतिशतले हडतालको समर्थन गरेका छन। मतदान प्रक्रियामा ४, २८,८०० सदस्यहरु सहभागी थिए । सरकारको पुर्नसंरचना प्रस्तावले कामदारहरुलाई भन्दा कम्पनीलाई बढी फाईदा हुने हुनाले यो प्रक्रियालाई तुरुन्त रोक्नुपर्ने माग मजदुर संगठनको छ ।

सरकारको श्रम बजार पुर्नसंरचना प्रस्तावमा कम्पनीका हाकिमहरुले चाहेको खण्डमा कामदारहरुलाई निकाल्ने र तलब कम गर्न सक्ने छन केसिटियुका अध्यक्ष हान सङ–ग्युनले पत्रकार सम्मेलनका क्रममा बताए।

संगठनले एक बक्तव्यमा जारी गर्दै श्रम मन्त्रि ली कि क्वोनको राजिनामा माग गरेको छ । साथै कामदारहरुको न्युनतम ज्याला हाल कायम रहेको घण्टा को ५,५८० वनबाट वृद्धि गरी १०,००० वन बनाउनुपर्ने माग राखेको छ।

केसिटियुले अप्रिल २४ मा सउल स्टेशन नजिकै बिरोध र्याली निकाल्ने र अप्रिल २५, २७, २८ र २९ मा अझै ठुलो संख्यामा मजदुरहरुलाई उतार्ने बताएको छ। हडताल अनिश्चितकालिन हुनेछ।

यसको प्रतिकृयामा कोरिया रोजगारदाता संघ (केइएफ)ले हडताल गर्नका लागि मागहरु जायज नभएको र हड्ताल गैर कानुनी भएको जनाएको छ। तिनिहरुको बिरोध सउल सेवल फेरी प्रकोपको वार्षिकोत्सवको पूर्वसन्ध्यामा राजनीतिक उदेश्यबाट प्रेरित भएर गरिएको एक राजनितिक कदम जस्तो देखिन्छ। हामी सरकारलाई आवश्यक कारवाहीको लागि सल्लाह दिन्छौं केइएफले भनेको छ ।

रोजगारदाता संघ कोरियाको सबैभन्दा ठूलो मजदुर संघ फेडेरेसन अफ कोरियन ट्रेड युनियन (एफकेटियु) ले पनि आन्दोलनलाई समर्थन गर्ला कि भनेर चिन्तित देखिन्छ । एफकेटियुका ८,६०,००० सदस्यहरु छन् ।

गत महिना संघ, व्यवस्थापन र सरकार बिचको वार्ता बिना निष्कर्ष टुङ्गिएको थियो। श्रम बजारलाई लचिलो र प्रतिस्पर्धि बनाउन सहज रुपमा कामदार कटौति गर्ने सरकार र व्यवस्थापनको प्रस्ताव केसिटियुलाई कुनै पनि हालतमा मान्य नहुने एक सहभागीले बताएका छन् । मजदुर युनियनहरुले सबै कामदारहरु लाई निस्चित समय काम गरे पछी नियमित कामदारको रुपमा लिनु पर्ने भनेको छ।

हेल्लोनेपालकोरिया डटकमबाट

यो पनि पढ्नुहोस् 

श्रीमान् उडे विदेश, श्रीमति हिंडिन् अर्कैसँग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय