सुरु भयो यस बर्षको कोरियाली भाषा परिक्षाको आवेदन

काठमाडौं-पछिल्ला केहि बर्षयता धेरै नेपाली युवाको आकर्षणका रुपमा रहेको कोरियाली भाषा परीक्षा (ईपीएस) को आवेदन आज(विहिवार) देखि खुल्ला भएको छ । त्यसका लागि विहानैदेखि युवाहरु विभिन्न केन्द्रमा लामवद्ध भइसकेका छन् । यसपटक देशभरका विभिन्न १० ठाउँबाट बिहान ८ बजे देखि बेलुकी ५ बजेसम्म फारम बुझाउन पाइने व्यवस्था गरिएको छ। गत बर्ष ७ स्थानबाट फारम भर्न पाइने व्यवस्था थियो ।

परिक्षा आगामी जेष्ठ ३० र ३१ गते हुनेछ । ईपीएस कोरिया शाखाका अनुसार त्यसका लागि बैशाख ३ देखि ६ गतेसम्म फारम बुझाइन पाइनेछ ।

काठमाडौंमा च्यासल फुटबल खेल मैदान बालकुमारी, ल्याबरोटरी उच्च माध्यमिक विद्यालय कीर्तिपुर, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो, काठमाडौं भ्याली उच्च मावि महाराजगञ्ज र नेपाल वेद विद्या संस्कृत मावि गौशालाबाट आवेदन फारम बुझाउने व्यवस्था मिलाइएको छ । ति स्थानमा विहानै देखि फारम भर्न इच्छुक युवाको ठूलो लाम लागिसकेको छ ।

यसैगरी राजधानी बाहिर पूर्वमा धरान र जनकपुर, पश्चिममा बुटवल र पोखरा तथा सुदुर पश्चिममा डडेलधुराबाट फर्म भनें व्यवस्था मिलाइएको छ ।

इपिएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाका अनुसार त्यसका लागि धरान सभागृह, जनकपुर चुरोट कारखाना लिमिटेडको कभर्ड हल, बुटवल प्रदर्शनी मण्डप, विन्ध्यावासिनी उच्च मावि, पोखरा र कर्मचारी मिलन केन्द्र, डडेलधुरामा फर्म भनें व्यवस्था मिलाइएको छ ।

यसपटक विभिन्न ठाउँमा फर्म भनें व्यवस्था मिलाइएका कारण सुरुकै दिनमा धेरै भिडभाड नगर्न बाँस्तोलाले आग्रह गरे । उनले भने ‘अघिल्ला बर्षहरुको सिकाइका आधारमा हामीले यसपटक केन्द्र थपेका छौं र व्यवस्थीत बनाउने प्रयास गरेका छौं । तसर्थ फर्म भर्न पछि अप्ठ्यारो हुने ठानेर सुरुकै दिनमा ठूलो लाममा नलाग्दा सहज हुन्छ ।’

पहिलो पटक राजधानी बाहिर परिक्षा

ईपीएसले यसपटक देखि उपत्यकाबाहिर पनि भाषा परिक्षा सञ्चालन गर्दैछ । त्यसका लागि पोखरालाई छानिएको छ । इपिएस प्रमुख बाँस्तोलाका अनुसार सो परिक्षामा पोखराबाट फर्म भर्नेहरु सहभागी हुन पाउनेछन्।

कोरियामा काम गर्न जान अनिवार्य भाषा परीक्षा पास गर्नुपर्छ। नेपाल र कोरिया सरकारबीच भएको सम्झौता अनुसार नेपालले सन् २००८ देखि कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) बाट कामदार पठाउन थालेको हो। नेपालीका लागि आकर्षक गन्तव्यका रुपमा विकास भएको कोरियामा नेपाली कामदारले मासिक न्यूनतम एक लाख नौ हजार रुपैयाँ कमाउन सक्छन्। यसबाहेक ओभरटाइम काम गर्ने सुविधा पनि हुन्छ। हाल २६ हजार नेपालीले त्यहाँ काम गरिरहेका छन्। भाषा परिक्षा पास गरेका मध्येबाट आगामी बर्ष सात हजार एक सय नेपाली कोरिया जान पाउनेछन् । तस्वीरः इन्टरनेटबाट

यो पनि पढ्नुहोस् 

श्रीमान् उडे विदेश, श्रीमति हिंडिन् अर्कैसँग

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय