कोरियामा तलव बढ्ने संकेत

दक्षिण कोरिया- दक्षिण कोरियामा न्यूनतम ज्याला वृद्धि गर्न चौतर्फी माग छ । मागसंगै चालु आर्थिक वर्षको ज्यालामा थप केही प्रतिशत तलव बढ्ने संकेत देखिएको छ । देशको आर्थिक तथा मूल्यवृद्धि लगायतका विभिन्न सुचकांकको आधारमा न्यूनतम ज्याला वृद्धि गर्न माग गरिएको हो । माग अनुरुप तलव बृद्धि भए मुलबासी र आप्रवाशी न्यून आय भएका करिव २७ लाख भन्दाबढि श्रमिक लाभान्वित हुने श्रमिक अधिकारकर्मीहरु बताउछन् ।

राष्ट्रपति पार्क गुन ह्ये प्रशासनले उपभोक्ता मुल्यमा आएको वृद्धिले न्यून आय भएका मजदुरको जीवनयापनमा कठिनाई उत्पन्न भएको धारणा राख्दै यसवर्ष थप ७ प्रतिशत ज्याला वृद्धि गनुपर्नेमा जोड दिएको छ ।

कोरियाका उपप्रधान तथा अर्थमन्त्री चुई ख्वाङ ह्वानले ज्याला वृद्धि गरिने बताएका छन् । गत साता फोरममा मन्त्री चुईले श्रमिकवर्गमा बजारमुल्यको नराम्रो प्रभाव परेको बताएका छन् । ‘अमेरिकी राष्ट्रपति वाराक ओवामा र जापानी प्रधानमन्त्री सिन्जो अवेको सिद्धान्त अनुसार बजारमुल्य अनुसार श्रमिकको मागलाई ध्यानदिनुपर्छ’ उनले भनेका छन् ।

रोजगार तथा श्रम मन्त्री लि की क्वाङले कोरियन श्रम बजारको आय असमानतालाई निरुत्साहित गर्न सामान्य मजदुरहरुको न्यूनतम ज्यालामा वृद्धि गर्नुपर्ने आवस्यकता रहेको औल्याएका छन् ।

मजदूर संगठनहरुले आर्थिक तथा मूल्यबृद्धि र श्रम बजारको आय असमान रहेको जनाउदै आधारभूत तलव बढाउन माग गरेका छन् । त्यस्तै पुरुष कामदारको दाँजोमा महिला कामदारहरुको औषत ज्यालामा कमि देखिएको ओइसिडिको प्रतिवेदनमा उल्येख छ ।

कोरियामा २५ सय वन पर्ने चुरोटको मुल्य बढेर ४५ सय वन भएपछि बजारमुल्यवृद्धिमा उच्चता आएको अर्थविश्लेषकहरुले बताएका छन् । त्यसले निम्न आयभएका श्रमिकहरुको जीवनयापनमा कठिनाई उत्पन्न भएको बताइएको छ ।

कोरियामा २०१४ मा १५–२९ युवासमूहको बेरोजगारी दर ९ प्रतिशत थियो । यो संख्या १९९९ यताकै उच्च हो । त्यस्तै यसवर्षको पहिलो त्रैमासिकमा युवा बेरोजगारीको संख्या ११.१ प्रतिशत छ । यो संख्या गत पाँच वर्षकै उच्च हो ।

यसवर्षको पारिश्रमिकमा ४० घण्टा कामगर्ने कामदारले न्यूनतम मासिक ११ लाख ६६ हजार २ सय २० वन पाउनेछन् । त्यस्तै हप्तामा ४४ घण्टा काम गर्ने कामदारले १२ लाख ६१ ह्जार ८० वन(१ लाख १४ हजार ३ सय २० रुपैयाँ) पाउनेछन् ।

दैनिक बढ्दो मूल्यवृछि र गुणस्तरीय जीवन र श्रमिकहरुको राय अनुसार ज्यालाको खाका तयार पारेको श्रमिकको हक अधिकारमा कृयाशील टे«ड युनियनहरुले बताएका छन् । तलब वृद्धिले यहाँ कार्यरत आप्रवाशी कामदार र अब भित्रिने नयाँ जनशक्ति लाभान्वित हुने छन् ।

कोरियाले सन् १९८८ देखि ज्याला निर्धारण समितिमार्फत प्रत्येक वर्ष न्यूनतम ज्याला निर्धारण गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

झटपट गएको कतार भन्दा नेपाल फर्केपछिको चटपटबाट धेरै कमाई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय