इजरायलमा केयरगिभरहरु समस्यामा

इजरायलमा रहेका कामदारहरुमध्ये सबैभन्दा असुरक्षित कामदारको दर्जामा आप्रवासी केयरगिभरहरु कामदारहरु पर्दछन । इजरायली सरकारले यिनीहरुको सुरक्षा प्रत्याभूती गर्नु पर्ने हो तर दुर्भाग्यवश तिनै आप्रवासी केयर गिभरहरु नै उनीहरुको अधिकारबाट बञ्चित छन् । इजरायलमा केयर गिभरहरुले अति कम सुरक्षा प्राप्त गरेका छन् र उनीहरुको स्वतन्त्रतामा पनि उत्तिनै बन्देज लगाइएको छ । यसै हप्ता मनाइएको अन्तरराष्ट्रिय आप्रवासी दिवसले हामीलाई यो असमानताका कारणहरूबारे बुझ्ने अवसर प्रदान गरेको थियो । सरकारी दस्ताबेजका अनुसार इजरायलमा हाल ६० हजार आप्रवासी केयरगिभरहरुले काम गर्दै आएका छन् । यो आंकडा इजरायलमा रहेका आप्रवासी कामदारहरु मध्येको सबैभन्दा ठुलो हो । ति आप्रवासी केयर गिभरहरुले व्यक्तिगत र कसैको घरमा रहेका पाका र शारीरिक रुपले असक्षम व्यक्तिहरुको हेरचाह गर्ने गरेका छन् । यी केयर गिभर मध्ये नेपाल, फिलिपिन्स, श्रीलंका, भारत र मोल्दोभाका महिलाहरु बढी(लगभग असी प्रतिशत ) छन् । यी आप्रवासी केयर गिभरहरु आधारभूत रुपमा कमजोर हुनाको कारण चाहिं यिनीहरुको लिङ्ग, वर्ग र नागरिकताको अभाव नै हो । आप्रवासी केयर गिभरहरुले अनौठा रोजगारीका समस्या/अवस्थाहरुको सामना गर्नु पर्ने हुन्छ । यिनीहरुले कोहि व्यक्तिगत घरमा रहेर रोजगारदातासँग पारिवारिक सुमधुर सम्बन्धको सिर्जना गर्नु पर्ने हुन्छ । यसको अलावा, यी केयरगिभरहरु कानूनी रुपमा रोजगारदाताको घरमा बस्नुपर्ने र हप्ताको छ दिन चौबिसै घण्टा काम गर्नु पर्ने हुन्छ । यस्तो अवस्थाले केयरगिभरहरु आफ्नो सामुदायिक माहोलबाट टाढा रहेर आफ्नै काममा मात्रै घोटिइरहनु पर्ने पनि हुन्छ । केहि केयर गिभरहरुलाइ रोजगारदाताले कुनै पनि समयमा बोलाउने भएकोले आफू आराम गर्न समयपनि नपाउने कुरो बताउछन । केयरगिभरहरुले बिरामीको सेवा बाहेक घरको सरसफाई र अन्य सदस्यहरुले अह्राएको काम समेत गर्नु पर्ने हुन्छ । त्यसैगरी रोजगारदाता (बिरामी या अशक्त व्यक्ति) नै केयरगिभरको रोजगारदाता र घर मालिक हुन्छ । त्यसकारणले केयर गिभरले उनीहरुमै पूर्णत निर्भर रहनु पर्ने हुन्छ । केहि केयरगिभरले त बाहिर घुम्न जान नपाउने, पर्याप्त खाना खान नपाउने जस्ता समस्या पनि ब्यक्त गरेको पाइयो । कतिपय कामदारहरुले बिरामीकै कोठामा आफ्नो बिस्तरा सेयर गर्ने गरेको पनि पाइयो । यी सबै समस्याको बाबजुद पनि केयर गिभरहरु आफ्नो जागिर जाने डरले केहि नभनी चुपचाप जस्तो सुकै दुख सहेर बसेको समेत पाइएको छ । केयरगिभरहरुको सुरक्षा प्रत्याभूतीबारेमा धेरै पटक चर्चाहरु भने नभएका हैनन् । तर दुर्भाग्य के छ भने, हामी ठ्याक्क त्यसको उल्टो गर्छौ । बिरामी र अशक्तहरुलाई सुरक्षित पार्ने बहानामा, केयरगिभरहरुको मानव अधिकार हनन गरिरहेको हुन्छौं । केयरगिभरहरु हप्ताको छ दिन चौबिसै घण्टा काम गर्नु पर्ने भए पनि उनीहरुलाई ओभर टाइमको ब्यबस्था गरिएको छैन । ओभर टाइम दिन नपर्ने ब्यबस्था कानुनले नै गरेको छ किनभने रोजगारदाताले ओभरटाइम समेत भुक्तानी गरेर केयर गिभर राख्न सक्दैन । यसकारण, केयरगिभरले काम गरेको घण्टाको आधारमा प्रति घण्टा NIS 5.8 (1.50 US DOLLOR ) मात्रै पाइरहेका हुन्छन जुन इजरायलले तोकेको न्युनतम ज्यालादरको २५ प्रतिशत मात्र हो । त्यसैगरी केयरगिभरहरुले आफ्नो रोजगारदाता परिवर्तन गर्ने सम्बन्धमा भर्खरै इजरायली सरकारले आफ्नो कानूनमा केहि संसोधन पनि ल्याएको छ । यो नयाँ कानूनले सीमित संख्यामा रोजगारदाता फेर्न पाउने र उनीहरुले काम गर्न सक्ने क्षेत्रसमेत निर्धारण गरिदिएको छ । यो नयाँ कानूनले केयर गिभरहरुलाई असुरक्षित रोजगारी र रोजगारदाताहरुबाट छुट्टिन समेत अफ्ठ्यारो गरिदिएको छ र यो नियम अन्य कामदारहरुको नियमको तुलनामा ज्यादै नै असमान रहेको छ । केयर गिभर नियुक्ति प्रक्रिया पनि इजरायलमा काम गर्ने केयर गिभरहरुलाई असुरक्षित अवस्थाको सिर्जना गराउन उत्तरदायी छ । इजरायलको केयर गिभर क्षेत्रमा गरिने कामदार नियुक्ति सम्बन्धमा कामदार पठाउने देशसँग कुनै द्विपक्षीय सम्झौताहरु हुदैनन् । यसले गर्दा कामदार नियुक्तिमा भ्रष्टाचार मौलाएको छ । मध्यस्थकर्ता र एजेन्टले कम्तिमा प्रति केयरगिभर १०,००० अमेरिकी डलर भन्डा बढी लिएका हुन्छन । यो रकम कामदारहरुले उठाउनको धेरै समय लाग्ने हुन्छ जुन कामदारहरुको लागि राम्रो कुरो हैन । बिरामी र असक्तहरुसँग सम्बन्धित कानुन निर्माताहरुले अनावश्यक रुपमा आप्रवासी कामदारहरुको अधिकारहरु बेवास्ता गर्दै कानून निर्माण गरिरहेका छन् । यस्ता नियमहरु दुवै पक्षको हितलाइ मध्येनजर गरेर निर्माण गर्न पनि सकिन्छ । कामदारहरुको हक हितका बारेमा भिन्न भिन्न अन्तराष्ट्रिय संघसस्थाहरुको चासो पनि गैरहेको छ । भर्खरै अन्तरराष्ट्रिय श्रम संगठनले श्रमिकहरुको सुरक्षाको महसुस गरेर Domestic Workers Convention (C-189) को बारेमा सकारात्मक संकेत दिएको छ । तर इजरायलले यो नियममा हस्ताक्षर गरेको भने छैन । यी विभिन्न कारणहरुले गर्दा आप्रवासी केयर गिभरहरु असुरक्षीत तथा सरकारी सुरक्षाको खोजीमा छन् । ती केयर गिभरहरुको व्यक्तिगत बिशेषता तथा रोजगारीको बिशेष प्रकृतिको कारणले गर्दा इजरायली सरकारले उनीहरुको सुरक्षा ब्यबस्थाप्रति हेलचेक्र्याई गरिरहेको प्रतित हुन्छ । यो सुरक्षाको दायरालाइ सुधार गर्नको निमित्त म इजरायली सरकारलाई Domestic workers convection मा उल्लेखित कुराहरु/ बुँदाहरुमाथि पुनर्विचार गर्न अनुरोध गर्दछु । इजरायलमा रहेका असुरक्षित केयर गिभरहरुको सुरक्षाको प्रत्याभूती हामी सबैको दायित्व हो । (विश्व आप्रवासी दिवसको अवसरमा अमेरिकाको न्यूयोर्कस्थित सिटी युनिभर्सिटीमा पिएचडी अध्ययनरत अविगल एफ कोलकेरले राखेको विचारको अनुवाद) 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय