हङकङ आईडी त्यागेर बंगुर पालन

काठमाडौं, २६ असोज– भरतपुर १० का ४० बर्षीय मोहन आले हङकङको आईडी त्यागेर स्वदेश फर्किएको सात बर्ष भयो । उनका बुबाआमा, दाजुभाउजु उतै छन् । उनले फर्केर व्याबसायीक रुपमा बंगुर पालेका छन् । बंगुरको पाठा उत्पादन गरेर बिक्री गर्छन् । हङकङमा हुँदा उनले बंगुरको मासु बिक्रीको काम गरेका थिए । त्यसपछि बंगुरकै प्रजनन सम्बन्धि काम गरे । ‘बंगुरको बारेमा उतै सिके,’ उनले भने–‘अहिले त्यहि सीपले काम ग¥यो ।’ सुरुमा २ वटा माउ बंगुरबाट व्यबसाय थालेका उनको फार्ममा अहिले बच्चासहित २ सय वटा बंगुर छन् । माउ मात्र ७० वटा छन् । देशका विभिन्न ठाउँबाट बच्चा लिन उनको फार्ममा किसान आउँछन् । बंगुरपालनको बारेमा परामर्श लिनसमेत टाढाटाढाबाट किसानहरु आउँछन् । २० लाख लगानी गरेका उनले अहिले १ करोडको सम्पत्ति बनाएका छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: