
मलेसिया, २५ असोज– क्यान्सर रोगबाट पीडित साहित्यकारको उपचार सहयोगका लागी मलेसियामा कार्यरत नेपालीहरुले सहयोग रकम संकलन सुरु गरेका छन् । उनको उपचार रकम संकलन गर्न नेपालीले अभियान समिती गठन गरेका छन् । मुखको क्यान्सरबाट पीडित बनेका वर्षाद दर्लामीको उपचारमा आर्थिक सहयोग गर्न सुरु गरिएको अभियानबाट समितीले पहिलो दिननंै १ हजार ४ सय आरएम अर्थात ४२ हजार नेपाली रुपैंया संकलन गरेको छ । मलेसियाको शाहलम स्थीत एक कम्पनीमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेका दर्लामी थप उपचार गराउन नेपाल फर्किने तयारीमा लागेका छन् । उनका सहयोगका लागी देश तथा विदेशमा रहेका नेपालीसंग समितीले आग्रह समेत गरेको छ । नेपाल मुक्तक प्रतिष्ठान मलेसिया शाखा सद्स्य समेत रहेका दर्लामीले केहि गजल र कविता संग्रह प्रकाशित गरिसकेका छन् ।