आफ्नै साथीको १२ लाख लिएर तीन नेपाली फरार

अर्जुन काफ्ले, मलेसिया– आफ्नै कम्पनीमा काम गर्ने नेपाली र बंगाली साथीको रकम लिएर तीन जना नेपाली फरार भएका छन् । करिव १२ लाख नेपाली रुपैंया ठगी गरि मोरङका देवनारायण राजबहर र कमलकुमार अमात्य तथा नवलपरासीका उत्तम कुमार बहार फरार भएका हुन् । मलेसियाको जोहोर राज्यको गलाङ्पाता स्थिती लोकल वेसिक एसडिएन विएच डिमा कार्यरत सात सयजना नेपालीहरूबाट उनीहरुले रकम संकलन गरेका त्यहाँ कार्यरत शिव ढकालले जानकारी दिए । राम्रो ब्याज पाउने आशामा नेपाली तथा वंगाली श्रमीकले उनीहरुलाई पैसा सापटी दिएका थिए भने उनीहरुले वंैक कार्ड धरौटी राखी स्थानियसँग पैसा व्याजमा लिएका थिए । उत्तमकुमारले ७ लाख ५० हजार नेपाली रुपैंया र देव नारायणले ४ लाख ५० हजार भन्दा बढी नेपाली रुपैंया ठगी गरी फरार भएको बताइएको छ । यतिखेर सामाजिक सञ्जालमा उनीहरुको तस्वीरसहित खोजीकार्यकालागि पहलभइरहेको छ । उनीहरुलाई फेलापार्नेका लागि नेपाली रुपैयाँ १० हजार १ सय १ पुरस्कार दिइने पीडितले घोषणा गरेका छन् । श्रमिकहरुको श्रम र पसिनाबाट आर्जेको रकमका साथमा उनीहरुले मोबाइलहरु पनि लुटेको ढकालले जानकारी दिए । नेपालीले नेपालीलाइनै लुटने क्रम पछिल्लो समयमा मलेसियामा बढेकोछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय