५० हजार युवालाई रोजगारी दिने

काठमाडौं, २५ असोज– उद्योग मन्त्री महेश बस्नेतले ५० हजार युवालाई रोजगारी दिने कार्यक्रम आफूले मन्त्रिपरिषदबाट पास गराउन लागेको बताएका छन् । भैरहवामा भएको कार्यक्रममा मन्त्री बस्नेतले बन्द भएका रुग्ण उद्योग सञ्चालन गर्ने, उद्योग मैत्री नीति लागु गरी युवालाई रोजगारीमा आकर्षित गर्नेगरी काम भइरहेको बताए । युवालाई रोजगारीमा अग्रसर गराउने नाममा सरकारले बाँड्ने राहत र सहयोग व्यक्तिपिच्छे नबाँडी युवा केन्द्रित भइ बाँड्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने बताए ।
भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र सेज ऐन नहुँदा कार्यान्वयन नभएको भन्दै एक महिना भित्रमा ऐन ल्याइ सञ्चालनमा ल्याउने बताए । यो खबर आजको अन्नपुर्ण पोष्ट दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: