बहराईनबाट फर्किएकाको शव फेला

काठमाडौं, २५ असोज– वैदेशिक रोजगारीमा बहराईनबाट फर्केका व्यक्तिको शव राजधानीको एक होटलमा फेला परेको छ । धनकुटा घर भएका ४२ बर्षीय रेवत पौडेलको शव खिचापोखरीको होटलमा फेला परेको हो । आठ बर्षदेखी बहराईन आउँदै–जाँदै गरेका पौडेलको शव होटल कोठामा फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रबक्ता नायब उपरीक्षक दिनेश आचार्यले बताए । उनका अनुसार उनी बसेको कोठामा ढोका खुल्लै थियो । प्रहरीका अनुसार उनी बिहिबार दिउँसो १ बजे उक्त होटलमा बस्न पुगेका थिए । दिउँसो ४ बजे होटलको रिसेप्सनमा ओर्लिएर चुरोट र सलाई लिएर माथि चढेका थिए । त्यसपछि कुनै सम्पर्क नगरेको प्रहरीले जनाएको छ । कोठामा कुनै घम्साघम्सिको संकेत भेटिएको छैन । उनको शव भुईमा सुतिरहेको अबस्थामा फेला परेको थियो । शवको छेउमा दाह्ी काट्ने पत्ति फेला परेको छ । डीएसपी आचार्यले शवको पोष्टमार्टमपछि मात्र सबै कुरा थाहा हुने बताए । प्रहरीले उनको कोठाबाट पासपोर्ट र तीन सय नेपाली रुपैंया मात्र फेला पारेको छ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: