
काठमाडौं, २४ असोज– श्रम तथा रोजगार मन्त्रालयले श्रम बैंक खोल्न अवधारणापत्रको मस्यौदा तयार गरेको छ । गत जेठमा बैदेशिक रोजगार प्रबद्र्धन बोर्डमार्फत श्रम बैंक खोल्ने तयारी गरेको मन्त्रालयले विभिन्न मुलुकका यस्तै बैंकको अवधारणा अध्ययन गर्दै मस्यौदालाई अन्तिम रुप दिएको हो । बैदेशिक रोजागरीमा जाने कामदारले कल्याणकारी कोषमा जम्मा गरेको रकम परिचालन गर्न श्रम बैंकको अवधारणा ल्याईएको हो । बोर्डले श्रम तथा रोजगार मन्त्रालयका सल्लाहकार रमेश कोईरालाको संयोजकत्वमा श्रम बैंक अध्ययन समिति समेत बनाएको छ । बैदेशिक रोजगार प्रबद्र्धन बोर्डसँग दुई अर्ब ५० करोड रुपैंयाभन्दा बढी रकम छ । कल्याणकारी कोषमा रहेको र सामाजिक सुरक्षा कोषको रकम मिलाएर बाणिज्य बैंक बनाउने तयारी थालिएको बोर्डले जनाएको छ । अध्ययन समिति संयोजक रमेश कोईराला, प्रधानमन्त्रि कार्यालयका चिरञ्जिवि नेपाल, नेपाल राष्ट्र बैंकका कृष्ण ढुंगाना र श्रम मन्त्रालयका हरी पौडेल सम्मिलित टोलिले बंगलादेश र जापानका यस्ता बैंकको अध्ययन गरिसकेको छ । श्रमिकको हितमा कल्याणकारी काम गर्नेगरी बैंक स्थापनाको तयारी भएको संयोजक कोईरालाले बताए । ‘नेपालमा रहेका आम श्रमिक र आप्रवासी कामदारको हकहित र सुविधाका लागि श्रम बैंक स्थापना गर्ने तयारी भएको हो । कामदारलाई कसरि सजिलो हुन्छ सोही अनुसार बैंक स्थापना हुन्छ,’ उनले भने । श्रम बैंक स्थापना भएपछि बिदशेबाट आएको कामदारको मागपत्रको आधारमा ऋण उपलब्ध हुन्छ । स्वदेशमा रहेका श्रमिकको हकमा रोजगारदातासँगको समन्वयमा ऋण दिने कोईरालाले बताए । श्रम बैंकको स्थापना पछि बिदेश जाने कामदारलाई बिनाधितो ऋण दिने, पmिर्कएर आउनेलाई तालिममा सहयोग गर्ने लगायत कार्यक्रम हुने बोर्डले जनाएको छ । स्वदेश भित्रने अर्बौं रुपैंया रेमिटेन्स श्रम बैंककै च्यानलबाट आउने र कामदारको आफन्तलाई भुक्तानीमा पनि सजिलो गराउने अबधारणा यसको छ । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।