६ महिनादेखी साउदीमैं शव

झापा, २४ असोज– साउदी अरबमा ६ महिनाअघि शंकास्पद मृत्यु भएका युवकको शव अझै नेपाल ल्याईएको छैन । स्थानीय महारानीझोडा ७ का अम्बरबहादुर कार्कीको जेठ १८ गते मृत्यु भएको खबर परिवारले पाएका थिए । दमकमा ट्याक्सि चलाउने ३८ बर्षिय अम्बर कार्की राम्रो कमाईको आशा गर्दै दुई बर्ष अघि रोजगारीका लागि साउदी गएका थिए । उनका बुबा खड्गबहादुरका अनुसार ड्राइभिङका लागि भनेर साउदी लगिएका अम्बरलाई खेतीको काममा लगाईएको थियो । आफुलाई सम्झौता अनुसार काम नदिएको भन्दै स्थानीय अदालतमा मुद्दा हालेपछि अम्बर र मालिकबिच विवाद भएको कुरा छोराले सुनाएको खड्गले बताए । जेठ १८ गते मालिकसँग विवाद भयो अब घरै आउने भनेर फोन गरेको खड्गबहादुर सम्झन्छन्, ‘भोलिपल्ट दिउँसो मृत्युको खबर आयो ।’ परिवारका सदस्यलाई मालिकले अम्बरले आत्महत्या ग¥यो भन्ने खबर दिएका छन् । अम्बरको मृत्युले श्रीमती उमा, छोरी अनुषा र छोरा अनवेसको खुसी हराएको छ । दुई महिनाअघि उमाले श्रीमानको शव तत्काल ल्याईदिन माग गर्दै परराष्ट्र मन्त्रालय लगायतलाई लेखेको पत्रमा क्राउन इम्प्लोइमेन्ट सर्भिस प्राली सातदोबाटोबाट क्षतिपुर्ती भराईदिन सहित उसमाथी कारबाहि गर्न माग गरेका छन् । क्राउनका सञ्चालक बिष्णु खतिवडाले १८ महिनासम्म सम्झौता विपरीत काममा लगाईएको बारे आफुलाई जानकारी नदिईएको बताएका छन् । मृत्युपछिमात्र अम्बर सम्झौताभन्दा विपरीत काममा लागेको आफुले थाहापाएको उनले बताए । ‘मृतकका परिवारले पाउने बीमा र क्षतिपुर्तीको रकम दिलाउन मेरो पुर्ण सहयोग रहन्छ’, खतिवडाले फोनमा भने । यो खबर र तस्विर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय