खाडीमा एमआरपी युद्धसरह

काठमाडौ, २३ असोज – बैदेशिक रोजगारीको लागि खाडी मुलुकमा रहेका नेपाली युवायुवतीहरु मेसिन रिडेवल पासपोर्ट (एमाआरपी)को लागि आवेदन दिने र चार महिनामा पछि लिने कार्य कुनै युद्ध जिते भन्दा कम नभएको सुनाए । दशै मनाउन तीन साता अघि स्वदेश आएका युवाहरुले कान्तिपुर परिसरमा नै आएर यस्तो धारणा ब्यक्त गरेका हुन् । ‘हामीले एमाआरपी लियौ तर तीन महिनामा कुन तरिकाले पाइयो र कति दूख ब्यवधान खप्न पर्यो हामीलाई नै थाहा छ,’ विमानस्थल जानेक्रममा कान्तिपुरमा आएर उनीहरुले बताए । काम छोडेर राहदानीको लागि पटक पटक दूतावास पुग्न पर्ने अवस्था छ । अहिले त विभागको वेवसाइटमा राहदानी बनेको विवरण राखिदिएको हुन्छ तर दूतावासमा पुग्दा पाइदैन यस्तो कैयन समस्या छ, उनीहरुले बताए । चार जना मध्ये एक कतारमा लरी ड्राइभर, दुई दुवाई र एक कुवेतको होटलमा काम गर्ने उनीहरुले बताए । ‘हामी ड्राइभरहरुलाई निकै ठूलो मार परेको छं । हरेक मुलुक प्रवेशसंगै ‘प्रवेश छाप’ लगाउने हुनाले छ महिनामा नै राहदानीको पेज सकिने समस्या छ । जसले गर्दा एउटा एमआरपी लिएकै दिन अर्कोको लागि आवेदन दिने गरेका छौ,’ नवलपरासी घर बताउने लरि चालक हरि भुसालले भने । छाप लगाउने विषयमा खाडी मुलुकले पुर्नविचार गर्न सक्ने जानकारी दूतवासले दिए पनि अझै राहदानीमा नै छाप लगाउने गरेको उनले बताए । दुवाईबाट विदामा आएका चितवन रत्ननगर नगरपालिका सातका निर्मल सिंजालीले भने, ‘मैले त आवेदन दिएको ९६ औ दिनमा राहदानी पाए र भिसा पनि सारे अनि विदामा घर आएँ । म सँगै काम गर्ने कतिपय नेपाली हस्तलिखित राहदानीमा भिसा सकिन लागेको र एमआरपी आवेदन दिएको दुईमहिना हुदा पनि नआइपुगेर भिसा सार्नको लागि एमआरपीको दिन कुर्न बाध्य छन् ।’ उनीहरु प्रतिनिधी पात्र हुन २५ लाख बढि नेपालीले मलेसिया र खाडीमुलुकमा यस्तो समस्या भोगिरहेका छन् । कतिको राहदानी बनेर पुग्दा नाम जन्म तथा मिति विग्रने र पुन बनेर जान पहिलेको जस्तै समय लाग्ने पिडा पनि उस्तै छ । सन् २०१५ को नोभेम्वर २४ देखि हस्तलिखित राहदानी विश्वभर अमान्य हुने भएपछि एमआरपी बनाउनेहरुको चाप बढेको हो । दूतावासमा राहदानीको लागि आवेदन दिनेहरु दैनिक तीन सय भन्दा बढि जम्मा हुने हुनाले आवेदन दिनु र बनेको राहदानी लिनु भनेको कुनै युद्ध जिते सरह छ, उनीहरुले बताए । दूतावासमा राहदानीको लागि आवेदन संकलन गर्ने र उक्त आवेदन ‘डिप मेल’ गरेर कुरिअर मार्फत काठमाडौं पठाइन्छ । त्यो आइपुगेपछि राहदानी विभागले आवेदनको आधारमा एमआरपी तयार गरेर पुनः सोही प्रक्रियामा दूतावासलाई पठाउछ । जसले गर्दा समय लागेको हो । तर सबै दूतावासमा उच्चस्तरको ‘स्क्यानर’ राखेर वा ‘लाइभ इनरोलमेन्ट’ -त्यही फोटो खिचेर विवरण भरेर पठाउने विधी) अवलम्वन गरेमा एक महिना भित्रै राहदानी पाउने अवस्था रहने थियो । सरकारले लामो समय देखि यो प्रणालीमा जाने भने पनि त्यसमा जान सकेको छैन् । जनतालाई सुविधा हुने यस्ता विषयहरु कागजमा सीमित भएका छन् । राहदानी विभागका निर्वतमान महानिर्देशक रमेशप्रसाद खनालले आफ्नो तर्फबाट सबै प्रयास भइसकेको र सुझाव सहित प्रस्ताव समेत दिइसकेकोले अव नेतृत्वको निर्णयमात्र बाकी रहेको बताए । नवनियुक्त महानिर्देशक लोकबहादुर थापाले यस्ता समस्याहरुलाई समाधानको लागि प्रयास गर्ने बताएका छन । कतिपय दूतावासले पुगेको राहदानी समेत नबाडेकोले अहिले विभागले राहदानी गएलगत्तै सबैको विवरण वेवसाइटमा राख्ने गरेको छ । यो समस्या दूतावासमा मात्र छैन जिल्लामा पनि रहेको छ । यो समस्या २०६७ पुस १२ देखि एमआरपी जारी गर्न थाले देखि कै हो । अहिलेसम्म २३ लाख भन्दा बढि एमआरपी विभागले जारी गरिसकेको छ भने औसतमा १५ सय नेपाली दैनिक विदेशीएका छन् । अझै १५ लाख भन्दा बढि हस्तलिखित विस्तापित गर्नपर्नेछ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: