दुवै मृगौला फेल भएकी मनिषालाई २ लाख सहयोग

रामप्रसाद ढुंगेल, युएई, २२ असोज– मृगौला रोगबाट पीडित शिवगन्ज बहुमुखी क्याम्पसमा बीबीएस द्वितीय वर्षमा अध्ययनरत २२ वर्षीया मनीषा लम्सालको उपचारमा सहयोग गर्नका लागि जनआदर्श भूपूविद्यार्थीहरुले करिब २ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। अमेरिकामा कार्यरत शिवगन्ज स्थायी घरभएका डाक्टर मदन उप्रेतीको संयोजकत्वमा युरोप, क्यानडामा कार्यरत जनआदर्शका भूपूविद्यार्थीहरुले उक्त रकम संकलन गरेका हुन् । जनआदर्श भूपूविद्यार्थी सम्पर्क मञ्चको पहल तथा प्रोत्साहनमा रकम संकलन अभियान अमेरिकाबाट सुरुभएको थियो । डाक्टर उप्रेतीले फेसबुकमा सेभ मनीषा लम्साल नामको अनलाइन एकान्ट सञ्चालन गरी आफैंले पाँच सय अमेरिकी डलर हालेर सहयोगका लागि आह्वान गरेका थिए। सहयोगी उज्जवल रायका अनुसार क्यानडाबाट निलम पौडेल, लन्डनबाट चन्दन तिम्सिना, टंक उप्रेती लगायत विभिन्न देशबाट २५ जना दाताबाट करिब २ हजार अमेरिकी डलर (करिब १ लाख ९६ हजार नेपाली रुपैया) मनीषाको उपचारका लागि संकलित भएको हो । संकलित रकम जन आदर्श माविकी पूर्व शिक्षिका गोमा उप्रेतीले सम्बन्धित परिवारलाई चाँडै हस्तान्तरण गर्ने बताइएको छ।   यस्तो थियो मनिषा लम्सालको अपिल अचानक दुबै मृगौला खराब भएर हाल मोरङ्ग सहकारी अस्पताल, विराटनगरमा जीवनमरणको संघारमा रहेकी शिवगन्ज बहुमुखी क्याम्पसमा बी।बी।एस।तेस्रो वर्षमा अध्ययनरत शिवगन्ज–१ स्थायी घर भएकी छात्रा म वर्ष २२ की मनिषा लम्सालको मृगौला प्रत्यारोपण गर्नुपर्नेअन्तिम विकल्प रहेको र सो को लागि नेपाली रु २५,००,००० (रुपैंया पच्चीस लाख मात्र) आवश्यक पर्ने भारतको भेल्लोर स्थित क्रिश्चियन मेडिकल कलेज  अस्पतालका डक्टरको पूर्वानुमान बमोजिमको रकम मेरो कमजोर आर्थिक अवस्थाको कारण जुटाउन नसक्ने हुनाले मृत्यु मात्र अन्तिम विकल्प कुर्नुपर्ने भएकोले मेरो प्राण रक्षाका निम्ति आर्थिक सहयोग उपलब्ध गराइदिनहुन स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिकअनुरोध गर्दछु। बैंक खाता : २१७०००१००४१० राष्ट्रिय वाणिज्य बैंक शाखा शिवगन्ज, खाता वालको नाम : तारादेवी न्यौपाने सम्पर्क नम्बरः ९८१७९६७४६७ (तारादेवी लम्साल)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: