
नवराज बस्नेत, (आबुधाबी) युएई– नेपालबाट धन कमाउन युएई पुगेकी एकजना महिला मालिकको ज्यादती सहन नसकेपछि दुतावासको शरणमा पुगेकी छन् । उनी अहिले दुतावासको सेल्टरमा रहेको राजदुत धनञ्जय झाले जानकारी दिए । झण्डै एक बर्ष अघि मोरङकी कमला लामा (नाम परिवर्तन) रोजगारीको सन्दर्भमा युएई आईपुगेकी थिईन् । उनलाई गाउँकै एक जना सुर्य तामाङ्ग नाम गरेको दलालले राम्रो काम लगाईदिने भन्दै युएई पु¥याएका थिए । काठमाण्डुको गेस्ट हाउसमा तीन महिना बसेपछि बल्ल कमला दुबई पुगेकी थिईन् । त्यसका लागि उनले तामाङ्गलाई २५ हजार र गेस्ट हाउसलाई १० हजार बुझाउनुपरेको थियो । तामाङ्गले खान, बस्न र मासिक तलब गरेर मासिक एक हजार दुई सय युएई दिराम हुने बताएका थिए । तर उनले बल्लतल्ल आठ सय दिराम मात्र पाएको बताउँछिन् । उनले काम गर्दै आएको घरमा सात जनालाई खाना बनाएर खुवाउनु, घरको सरसफाई गर्नु, बगैचामा पानि लगाउनु लगाएत सम्पूर्ण काम गर्नु पर्ने थियो। तर पनि उनलाई गालीगलौज गर्ने, समयमा तलब नदिने र कुटपिट समेत भएपछि सहन नसकेर उनि उक्त घर छाडेर अन्य कतै भाग्ने मनस्थितिमा पुगिन। जाऊ कतै चिनेको सहारा दिने कोही छैन धेरै पिडामा थिइन्र। एक दिन बगैचामा पानि लगाउदै गर्दा एक जना बंगाली संग उनको चिनजान भयो। बंगालीले झुटो आस्वासन दिएर काम गर्दै गरेको त्यस घर छाड्न लगायो। काम गरेको घरमा आफ्नो सबै समान छाडेर उनि बंगालीले बताए अनुसारको स्थानमा पुगिन्। बंगालीले अनैतिक कार्यमा लगाउने प्रयास गर्दै गर्दा नेपाली ट्याक्सी ड्राइभरसंग कमलाको भेट भएको उनले बताईन् । ट्याक्सी ड्राइभरले कमलालाई नेपाली प्रवासी श्रमिक संघ युएइका संयोजक नवराज बस्नेतसँग भेट गराईदिन्छन् । बस्नेतकै पहलमा उनी दुतावासको शरणमा पुगेकी हुन् । उनले अब बल्ल आफु घर फिर्न पाउने आशामा रहेको बताईन् ।