दशैंमा एक अर्ब रेमिटेन्स

म्याग्दी, २२ असोज– रोजगारीका लागी विभिन्न देश पुगेका म्याग्देलीले दशैंमा एक अर्ब रुपैंया हाराहारी रेमिटेन्स पठाएका छन् । जिल्ला सदरमुकाम बेनीबजार र ग्रामीण क्षेत्रमा शाखा विस्तार गरेका बैंक तथा वित्तिय संस्थाले दिएको जानकारी अनुसार असोज पहिलो सातादेखी दैनिक १० करोड रुपैंयासम्म भुक्तानी गरिएको थियो । दशैंमा धौलागिरी बचत तथा ऋण सहकारी संस्थाले १४ करोड ४७ लाख ५० हजार, निलगिरी बिकास बैंकले १२ करोड ५० लाख, बुद्ध बहुउद्देश्यीय सहकारी संस्थाले १० करोड र दरबाङ बचत तथा ऋण सहकारी संस्थाले ५ करोड ५० लाख रुपैंया रेमिेटेन्स भुक्तानी गरेका जनाएका छन् । त्यसैगरि प्रभु बैंक ५ करोड, कृषि बिकास बैंकले २ करोड ५० लाख, माछापुच्छ«े बैंकले तीन करोड, काष्ठमण्डप बैंकले तीन करोड, बैंक अफ काठमाण्डुले दुई करोड भुक्तानी गरेको बताएका छन् । ठुला बैंकभन्दा बिकास बैंक र सहकारीले धेरै रकम भुक्तानी गरेका छन् । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय