कतारमा सिन्धुली एकता समाजको वनभोज

भानु सुनुवार, दोहा, अक्टोवर ६– सिन्धुली एकता समाज कतारको दशै, इदको शुभकाना आदान प्रदान तथा वनभोज कार्यक्रम दोहामा ५ अक्टोवरका दिन सम्पन्न भयो । हिन्दु धर्मालम्वीहरुका महान चाड विजया दशमी तथा मुस्लिम धर्मालम्वीहरुको चाड बकर इदको शुभकामना आदान प्रदान गर्दै कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रममा हाजिरी जवाफ तथा फुटबल प्रतियोगिता पनि समावेश गरिएको थियो । निर्वाचन क्षेत्रका आधारमा प्रतियोगि टिम सहभागि भएका थिए । हाजिरी जवाफमा क्षेत्र नम्बरं १, २, ३ र जिल्ला बाहिरका एक टिम सहित चार टिमले सहभागिता जनाएका थिए । हाजिरी जवाफ तर्फ जिल्ला बाहिरका टिम प्रथम र क्षेत्र नम्बर १ ले द्वितिए स्थान हासिल गरेका थिए । फुटबलमा क्षेत्र नम्बर १ र २ को एक टिम र क्षेत्र नम्बर ३ को एक टिम गरी दुई टिमको प्रतिस्पर्धा भएको थियो । क्षेत्र नम्बर ३ ले क्षेत्र नम्बर १ र २ का संयुक्त टिमलाई शुन्यका बिरुद्ध पाँच गोलले पराजित गरेको थियो । कार्यक्रममा ५० भन्दा बढी सिन्धुलीबासी तथा अरु नेपालीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम समाजका अध्यक्ष पुरषोक्तम सुनुवारको सभापतित्व र समाजका सचिव निर सुनुवारको संचालनमा सम्पन्न भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय