कतारमा भलिबल प्रतियोगिता आयोजना

रवि रोषी, दोहा, असोज १९-कतारमा आइएमइ कप रनिङशिल्ड भलिबल प्रतियोगित सुरु भएको छ । बाग्लुङ सेवा समाजले आयोजना गरेको सो रनिङ शिल्डमा नेपाली समुदायका विभिन्न २७ समूह सहभागी छन् । कार्यक्रमको समुद्घाटन आईएमइका कन्ट्री म्यानेजर जितेन्द्र पाण्डेले गर्नुभयो । खेलकुद क्षेत्रमा आइएमइले धेरै अगाडी देखि नै आर्थिक तथा भौतिक सहयोग गर्दै आएको भन्दै बाग्लुङ सेवा समाजका अध्यक्ष रमेश भट्टले आई एम ई ग्रुपलाई धन्यवाद दिनुभयो । कार्यक्रममा विशेष अतिथिका रुपमा बोल्दै नेपाली समाजका अगुवा सागर नेपालले खेलले मानिसलाई मर्यादित र अनुशाशनमा रहन सिकाउने भन्दै यस्तो कार्यक्रम चाडवाडको समयमा गर्दा नेपाली समुदायलाई एक बनाउन मद्धत गर्ने बताउनुभयो । कार्यक्रममा कतारमा रहेका नेपाली समाजका अग्रजहरुको उपस्थीति रहेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: