कुवेतमा मनाइयो दसैं

हरी कृष्ण न्यौपाने,कुवेत- कुवेतमा रहेका नेपालीले विभिन्न कार्यक्रम गरी दसैं मनाएका छन् । कतै सामुहिक कार्यक्रम आयोजना गरी तथा कहिं पारिवारिक कार्यक्रम आयोजना गरी दसैंको टीका, जमरा लगाइयो ।

लालीगुरासँ साँस्कृतिक परिवारद्वारा आयोजित कार्यक्रममा कुवेतका लागि नेपाली कार्यबाहक राजदुत बिशाल भट्टरा सहभागि हुनुभयो ।

लालीगुराँस सांस्कृतिक परिवारले दसैंको अवशर पारेर कलाकार अर्जुन कौशलका साथ भब्य सांस्कृतिक कार्यक्रम अयोजना गर्यो।

यसैगरी नेपाल कुवेत सांकृतिक मञ्ले सधैं झै सामुहिक टिका ग्रहण कार्यक्रम आयोजना गर्यो ।

सो कार्यक्रममा कुवेतको नेपाली समाजमा परिचित धेरै ब्यक्तित्वहरुको जमघट थियो।

नेपाल चालक भलाई कोष(रियाल कम्पनी)ले ४ बर्ष पहिला टिकाकै दिन कुवेतको मरुभुमीमा सडक दुर्घटनामा ज्यान गुमाएका हिकमान तामाङको स्‍मृति तथा सामुहिक टिका ग्रहण कार्यक्रम आयोजना गर्‍यो । Kuwait 1

सो सामुहिक टिका ग्रहण कार्यक्रममा संकलित रकम स्वर्गिय हिकमानको बच्चाहरुको लागि पठाइने जानकारी दिएको छ ।

Kuwait 2

यसैगरी नेपाल जनप्रगतीशिल मञ्च कुवेतले भेटघाट र शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय