प्रवासी नेपाली मञ्चको क्षेत्रीय कमिटीमा नयाँ नेतृत्व

यूएई । प्रवासी नेपाली मञ्च, युएईको दुबाई क्षेत्रीय कमिटीको चौथो अधिबेश सम्पन्न भएको छ । अधिवेशनले निर्मल बिश्वकर्माको अध्यक्षमा नया नेतृत्व सर्वसम्मत रुपमा चुनेको छ ।

प्रवासी नेपाली संघका अध्यक्ष प्रकाश कोइराला, महासचिव उत्तम अधिकारि लगाएत आधा दर्जन केन्दीय प्रतिनिधिको उपस्तिथिमा भएको अधिवेशनले र्इश्वर पोखरेल र ओमप्रकाश न्यौपानेलार्इ उपाध्यक्षमा चयन गरेको छ ।

यसैगरी कमिटीको सचिवमा जगत क्षेत्री, सहसचिवमा रमण दाहाल र कोषाध्यक्षमा विष्णु सापकोटा चुनिएका छन् । कमिटीको सल्लाहकारमा चण्डी खनाल, तिलक भण्डारी र यादब अर्याललाई छनौट गरिएको छ ।

त्रिलोचन कोइराला युएई

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय