
अर्जुन बराल, दक्षिण कोरिया- रोजगारीको सिलसिलामा साढे तीन बर्ष अगाडी दक्षिण कोरिया आएका चितवन कुमरोजका २८ बर्षका सेरफ गुरुङ थेगुस्थित याग्नाम युनिभर्सिटी हस्पिटलको आईसियुमा मृत्युसँग जुधिरहेका छन् ।
सिटी स्क्यान र एमआईआईको रिपोर्ट अनुसार इन्सीफलाईटिस्का कारण गिदी सुन्निएको फुलेको र मस्तिष्कमा पानी जमेको चिकित्सकले बताएका छन् ।
बिरामीको अवस्थाको जानकारी लिनका लागि अस्पताल पुगेका नेपाली डाक्टर राजेशचन्द्र जोशीले अहिलेसम्मको अवस्था हेर्दा बिरामीको अवस्था निक्कै जटिल रहेको बताउनुभयो । उपचारका लागि दैनिक २० लाख कोरियन वन आवश्यक रहेको अस्पतालले जनाएको छ ।
गुरुङको उपचारमा सहयोग जुटाइरहेका कोईडिया सपोर्ट सेन्टर फर माईग्रेन्ट वर्करका काउन्सिलिङ प्रमुख अजय अर्यालले उनको उपचारमा सहयोग गर्न सवैसँग अपिल गरेका छन् । त्यसका लागि चितवन सम्पर्क समिति दक्षिण कोरियाले नेपाली समुदायलाई सहयोगका लागि आह्वान गरेको छ ।
सहयोगका लागि सेरफ गुरुङको नाममा थेगु बैंकको खाता नम्बर ५०८११६०१३४४२ र दुर्लभ बन्धु पोखरेल आईबिके बैक दक्षिण कोरियाको खाता नम्बर २२१२८६२५४०२०१६ मा सहयोग रकम पठाउन आग्रह गरिएको छ ।
गुरुङकी ५ बर्षकी एक छोरी छिन् ।