कतारमा नेपाली सांस्कृतिक कार्यक्रमसंगै इद मेला २०१४ हुँदै

रवि रोषी, दोहा, आश्विन १५- कतारमा इद मेला २०१४ हुने भएको छ । यो कार्यक्रम कतारको आन्तरिक मामिला मन्त्रालयले विभिन्न देशका समुदायलाई समेटेर आयोजना गर्न लागेको हो ।

मेलामा कतारको आन्तरिक मामिला मन्त्रालयको तर्फबाट ट्राफिक सचेतना तथा सुरक्षा सम्बन्धी बारेमा बृत्तचित्र देखाईने कुरा नेपाली समुदायको तर्फबाट समन्वयकारी भूमिका निर्वाह गर्दै आएको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मक्सुद आलमले बताउनुभयो ।

मेलामा नेपाल लगायत भारत, बंगलादेश, श्रीलंका, इण्डोनेशिया र पाकिस्तानी समुदायको विभिन्न सांस्कृतिक प्रस्तुती पनि रहने कुरा अध्यक्ष आलमले बताउनुभयो ।

नेपाल लगायत विभिन्न देशका झाँकी तथा नृत्यहरु यहि अक्टोबर ४ तारिख इदको पहिलो दिन सनैयाको वेष्ट इन्ड पार्कको क्रिकेट मैदानमा साँझ ५ बजे देखि १० बजेसम्म प्रदर्शन गरिन लागेको हो । उपस्थित दर्शकको आकर्षणको लागि पुरस्कारको व्यवस्था सहित परिवार सहित आउनेहरुको लागि विशेष व्यवस्था गरिएको जनाइएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय