ईभेन्टले बेरोजगार युवालाई निशुल्क तालिम दिने

काठमाडौं, २५ असोज– व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना ईभेन्टले बेरोजगार युवालाई निशुल्क व्यबसायिक तालिम दिन लागेको छ ।

काठमाडौं उपत्यका भित्रका तीन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरमा आउँदो पुष महिनादेखि तालिम सञ्चालन गर्न लागिएको ईभेन्टका परियोजना निर्देशक लक्ष्मीराम पौडेलले बताए । तालिममा सहभागि हुन चाहने युवाका लागि संस्थाले फाराम भर्न सुचना जारी गरिसकेको छ ।

भौचर प्रणालीमा आधारित तालिम तीन महिने अर्थात (३९० घण्टा) हुनेछ । तालिमपछि प्रशिक्षार्थीलाई नेपाल सीप परिक्षण समितिमा सीप परिक्षण परिक्षामा सहभागि गराईने ईभेन्टले जनाएको छ । यो तालिम पुरा गरेका युवाले पहिलो तहको प्रमाणपत्रको लागि परिक्षा दिन पाउनेछन् । समितिबाट पाईने पहिलो तहको प्रमाण–पत्रले लोकसेवा आयोग तथा अरु सरकारी तथा नीजी क्षेत्रमा प्राविधिक तेस्रो तहको रोजगारीका लागि प्रतिस्पर्धा गर्ने बाटो खुल्छ ।

तालिम लिन चाहने युवाले आउँदो कार्तिक ४ गते भित्रमा फाराम भरिसक्नुपर्नेछ । फर्निचर मेकर, प्लम्बर, ड्रेस मेकर, बिल्डिङ ईलेक्ट्रिसियन, मोबाईल फोन रिपेयर टेक्निसियन, आल्मुनियम फेब्रिकेटर लगायत विभिन्न ३७ प्रकारका तालिम सञ्चालन हुनेछन् ।

तालिमका बिषय थाहापाउन तथा सुचना पढ्न यहाँ क्लिक गर्नुहोस् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय