चालक माथीको दोष मेटाउन अभियान

काठमाडौं, २४ असोज– बढ्दो सडक दुर्घटनामा कमी ल्याउन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अभियान सञ्चालन गरेको छ । सडक दुर्घटना न्युनिकरण गर्ने अभियान अन्तरगत नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल प्रवेशद्धार अघि शुक्रबार विहान चालकहरुका लागि प्रशिक्षण कार्यक्रम गरेको छ । विमानस्थल प्रवेशद्वार अघि टेण्टमा चालकहरुलाई भेला गराई दुर्घटनाका कारणहरु, दुर्घटनाका असर तथा न्युनिकरणमा चालकहरुको भूमिकाका विषयमा प्रशिक्षण प्रदान गरिएको हो । ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरिक्षक विपिन गौतम तथा ट्राफिक प्रहरी वृत गौशालाका प्रमुख तथा प्रहरी निरिक्षक शुकदेव खनालले सहभागी १ सय २० जना चालकहरुलाई प्रशिक्षण दिएका थिए । ‘दुर्घटना हुनुमा अन्य थुप्रै कारणहरु हुदां हुंदै यातायात मजदुरहरुलाई मात्र दोषी देखाउने गरिएको छ,’ संगठनका महासचिव भीमज्वाला राई भन्छन्–‘त्यसलाई खण्डन गर्दै तथ्य सार्वजनिक गर्न अभियान सञ्चालन गरिएको हो ।’ yatayat-abhiyan3 अनियन्त्रित सवारी आयात, सिमित, सांघुरा र जिर्ण सडक, यातायात व्यवस्थापन तथा सञ्चालनमा राज्यको नीति नहुनु पनि दुर्घटनाको कारणहरु हुने गरेको भएपनि चालकलाई मात्र दोषी देखाउनु अव्यवहारिक भएका उनको भनाई छ । अन्तराष्ट्रिय यातायात मजदुर महासंघ आईटीएफको कार्यसप्ताहव्यापी कार्यक्रमसंगै जोडेर यो अभियानलाई देशभरी सञ्चालन गर्ने पनि राईले बताए । संगठनका केन्द्रीय उपाध्यक्ष मांयां वेगाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता संगठन एयरपोर्ट ट्याक्सी ईकाईका अध्यक्ष शंकर थापाले गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: