प्रवासी मजदुर अधिकार सम्बन्धि अन्तरक्रिया

अर्जुन काफ्ले, मलेसिया– प्रवासी मजदुर अधिकार सम्बन्धमा मलेसियामा रहेका विभिन्न ट्रेड युनियनहरुले सहयोग गर्ने प्रतिवद्धता व्याक्त गरेका छन् । मलेसियामा आइतवार आयोजीत एक अन्तरक्रिया कार्यक्रममा मलेसियामा कार्यरत विभिन्न मजदुर नेताहरुले यस्तो प्रतिवद्धता व्याक्त गरेका हुन् । जिफन्ट मलेसिया र मलेसिया ट्रेड युनियन कग्रेशको सयुक्त आयोजनामा भएको प्रवासी कामदार अधिकार सम्वधी अन्तरक्रिया कार्यक्रममा मजदुर नेताहरुले सो प्रतिवद्धता व्यक्त गरेका हुन । कार्यक्रममा बोल्दै मलेसियाका लागी नेपाली राजदुत डा. निरञ्जनमान सिंह बस्न्यातले मलेसियामा नेपाली मजदुरका समस्या धेरै भएका र त्यो समस्या नेपाली राजदुतावासको एक्लो प्रयासमा मात्र सामाधान हुननसक्ने भएकाले स्थानिय ट्रेड युनियनहरुले पनि सहकार्य गर्नु पर्ने बताए । उनले जेलमा भएका नेपाली श्रमीकलाई घर फर्काउन राजदुतावासले काम गरिरहेको बताए । केहि नेपाली श्रमीकलाई जेलवाट नेपाल फर्काइएको र बाँकिलाई पनि फर्काउने पहल भइरहेको उनले बताए । मलेसियामा अवौधानीक रुपमा काम गरिरहेका नेपाली श्रमीकलाई घर फर्काउन नेपाली दुतवासले सहजता ल्याएको र अवौधानीक नेपाली श्रमीकलाइ छिटो घर फर्कीन आग्रह गरे । अन्तरक्रियामा बोल्दै मलेसिया टे«ड युनियन कँग्रेसका केन्द्रिय अध्यक्ष खालिद अतानले मलेसियामा रहेका आप्रावासी कामदारका अधिकारका पक्षमा आफ्नो संगठनले आवाज उठाउने बताए । खालिदले त्यसकालागी नेपाल सहित अन्य देशका टे«ड युनियन संग सहकार्य गरेको बताए । मलेसिया सरकारको कानुनी अधिकार भित्र रहेर गरिने मजदुर आन्दोलनमा आफ्नो संगठनको साथ रहने खालिदले बताए । कार्यक्रममा नेपाली राजदुतावासका श्रम सहचारी वुद्धिनाथ भट्टराईले वैदेशिक रोजगार बारे राम्रो बुझेर मात्र विदेशमा काम गर्न आएमा अप्ठयारो बाट बच्न सकिने बताए । कार्यक्रममा मलेशियन ट्रेड युनियन कंगे्रसका एजुकेशन अफिसर सोमा सुन्दरामले आफुहरुले मलेशियामा भैइरहेका मजदुर सम्वन्धी जल्दाबल्दा समस्याहरु समाधान गर्ने र श्रम कानून ऐन अनुसार पिडीतहरुलाई सहयोग गर्दै आइरहेको जानकारी दिए । ??????????????????????????????? मलेसिया बार काउन्सिलकी सहायक निर्देशक सुमीता शान्तिीनीले नेपाली मजदुरको अधिकारको लडाइमा बार काउन्सिलले साथदिएको र आउँदा दिनमा समेत साथ र सहयोग जारी राख्ने बताईन् । जिफन्ट मलेसियाका केन्द्रीय सचिव प्रविन बुढाथोकीले मलेसियामा जिफण्ट मलेसियाले प्रवासी श्रमिकहरुका हक, हित र अधिकारका लागि आवाज उठाईरहेको बताए । ??????????????????????????????? जिफन्ट मलेसियाका संयोजक वेद कुमार खतिवडाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता जिफन्ट मलेसियाका अध्यक्ष जनक विकले गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय