मजदुर आन्दोलनमा उत्रिए

सुनसरी । सुनसरी सुदरमुकाम इनरुवास्थित रिक्साचालक मजदुर आन्दोलनमा उत्रेका छन् । ईनरुवा नगरपालिकाले हालै बजारमा आएको सिटी रिक्सा दर्ता गरी सञ्चालन गर्न दिएकाले आफूहरुको रोजीरोटी चौपट भएको भन्दै रिक्सा चालकहरु आन्दोलनमा उत्रेका हुन् ।

बजारमा सिटी रिक्सा सञ्चालन हुँदा आफूहरुको व्यवसायमा असर परेको, दैनिकजसो रित्तै हात घर फर्किनु परेकाले आफूहरु मारमा परेको भन्दै उनीहरुले तीन सूत्रीय माग राखेर आन्दोलन थालेका हुन् । रिक्साचालकले सिटी रिक्सालाई बजार बाहेकका अन्य ठाउँमा सञ्चालन गर्न दिनुपर्ने, बबिया बिराटनगर सडकखण्ड अन्तर्गत बसले उठाउँदै आएका यात्रुलाई ओसार्न प्रतिबन्ध लगाउनुपर्ने लगायतका माग राखेको नेपाल यूनियन रिक्सा तथा ठेला मजदुर संघका इनरुवा नगर अध्यक्ष जनत मन्सुरीले बताए ।

आफूहरुले राखेको माग पूरा नभएमा कडा अन्दोलनमा उत्रिने अखिल नेपाल ट्रेड यूनियन महासंघ, इनरुवा नगरका अध्यक्ष वासुदेव मेहताले चेतावनी दिएको राससले सम्प्रेशण गरेको खवरलाई आजको कारोवार दैनिकले छापेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय