जसले बर्षमै ५० हजारको ज्यान लिंदैछ

काठमाडौं । विश्वमा रेबिजका कारण मृत्यु हुने मानिस मध्ये ९९ प्रतिशत अफ्रिका र एसियाका हुने गरेको पाइएको छ । एक तथ्याँक अनुसार विश्वमा बार्षिक ५० हजारले रेबिज रोगका कारण ज्यान गुमाईरहेका छन् । नेपालमा भने रेबिजबाट कति मानिस प्रभावित तथा यो रोग निम्त्याउने प्रमुख कारक मानिएका कुकुरको संख्या कति छ भन्ने यकिन तथ्याँक समेत छैन ।

विश्व रेबिज दिवसका अवशरमा आइतबार सरोकारवाला निकाय काठमाडौं महानगरपालिका भन्दा गैरसरकारी संस्थाहरु दिवस मनाउन अघि सरेका थिए । तर त्यहाँ न त गैरसरकारी संस्थासँग भुस्याहा कुकुरको यकिन संख्या थियो न त महानगरपालिकासँग नै । महानगरपालिकाले बर्षेनी रेबिज दिवसका अवशरमा सामान्य कार्यक्रम गर्दै आएपनि उसले अहिलेसम्म आफ्नो क्षेत्रमा भुस्याहा कुकुरको वास्तविक तथ्याँक निकाल्न सकेको छैन । “३० देखि ४० हजारको हाराहारीमा हुनुपर्छ” महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रविलास बज्राचार्यले भुस्याहा कुकुरको अनुमान मात्र लगाए । यसअघि क्याट नामक गैरसरकारी संस्थाल् महानगरपालिका भित्र ३० हजार भुस्याहा कुकुर रहेको तथ्याँक निकालेको थियो भनेर आजको राजधानी दैनिकमा विजय चाम्लिङले लेखेका छन् । तर क्याटले निकालेको सो तथ्याँक सही नभएको काठमाडौं मोडल भेटेरिनरी अस्पतालका अध्यक्ष दिनेश शाही बताउँछन् ।

“हामीले भुस्याहा कुकुरको अनुसन्धान गरी तथ्याँक निकाल्ने काम सुरु गरेका छौं” शाहीले भने “काठमाडौं जिल्लामा मात्र कुकुरको संख्या १ लाख पुग्ने देखिएको छ ।” रेबिज लागेको कुकुरले टोकेमा समयमा उपचार नगराउँदा मान्छेको ज्यानै जाने खतरा हुन्छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय