विदेशबाट फर्किंदा बाँकी रहेनन् कुनै सन्तान

सिन्धुपाल्चोक । घरबाट परदेश गएको एक महिनापछि फोनमा कुराकानी हुँदा छोरीहरुले “ममी तपाई छिट्टै घरआउनुहोस् है” भनेको शव्द उनको मानसपटलमा अझै ताजै छ । दुई छोरी, श्रीमान् र एक छोरालाई घरमै छोडेर विदेश गएको तीन महिना नपुग्दै राम्चे गाविस १ कागुने गाउँकी सरिता तामाङले कहिल्यै नसोचेको घटना ब्यहोर्न बाध्य भइन् । “विदेश गएको तीन महिनामै सवै सन्तानलाई गुमाउनु पर्छ भन्ने थाहापाएको भए म विदेश नै जाने थिइन्” सरिताले भनिन् ।

वैदेशिक रोजगारीका लागि तीन महिनाअघि कुवेत पुगेकी थिइन उनी । घरेलु कामदारको रुपमा त्यहाँ पुगेपछि राम्रोसँग काम गरिरहेकी पनि थिइन् । तर गत १७ साउनमा आफ्नो घर सबै पहिरोले पुरिएको खवर फेसबुकबाट थाहा पाएपछि सरिताले केहि सोच्नै सकिनन् । नेपालमा रहेका सबै आफन्तलाई उनले सोधिखोजी गरिन् तर सबैले फरक–फरक जवाफ दिए ।

पहिरोले घर, सन्तान सबै लगेपछि पनि उनलाई नेपाल फर्किन निक्कै समय लाग्यो । २२ दिनपछि मात्र उनी नेपाल आइपुगिन् । राजधानी दैनिकमा दिनेश थापा लेख्छन् संयोग पनि कस्तो भनें जसको खुसीको ठूलो सपना बोकेर उनी बैदेशिक रोजगारीका लागि उडेकी थिइन्, फर्किंदा तिनै सन्तानको काजकिरिया(घेवा)मा जानु पर्यो । एयरपोर्टबाट सिधै सरितालाई घेवा भइरहेको ठाउँमा लगिएको थियो ।

अघिल्लो बर्ष उनीहरुले ऋण गरेर सडकछेउमै राम्रो घर बनाएका थिए । त्यहि घर बनाएको ऋण तिर्न घरायसी सरसल्लाहमा उनी विदेश उडेकी थिइन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय