कोरियाको भाषा परिक्षामा करिव ४ हजार उत्तीर्ण हुने

काठमाडौं । दक्षिण कोरियाले यस वर्षको भाषा परिक्षामा ३ हजार ५ सय देखि ४ हजार नेपाली युवालाई उत्तीर्ण गर्ने भएको छ । ४ हजार उत्तीर्ण भए यो कुल परिक्षार्थीको ६ प्रतिशत हुनेछ ।

दक्षिण कोरियाको मानव संसाधन विकास(एचआडी) अन्तर्गत विदेशी कामदार हेर्ने उपाध्यक्ष चुुक बोक लिले यस बर्ष ईपिएस नियम परिवर्तन गरी भाषा परिक्षा अगाडी उत्तीर्ण संख्या सार्वजनिक नगर्ने व्यवस्था ल्याइएकाले औपचारिक रुपमा घोषणा नगरिएको जानकारी दिए । “ यस बर्ष सवै कामदार जान सक्नेगरी उत्तीर्ण गराउने योजना छ” उनले भने “यसबाट उत्तीर्ण संख्या घट्छ तर पनि दक्षिण कोरिया जानेहरु बढ्नेछन्” आजको कारोवार दैनिकमा मोहन गुरुङले समाचार लेखेका छन् ।

औपचारिक रुपमा दक्षिण कोरियाको भाषा परिक्षामा कति उत्तीर्ण हुने भन्ने घोषणा नगरिएपनि ३ हजार ५ सय देखि ४ हजारसम्म उत्तीर्ण हुन सक्ने उपाध्यक्ष लिले बताए । भाषा परिक्षाको नतिजा असोज २९ गते हुनेछ । उत्तीर्ण हुनेहरु आगामी माघ महिनादेखि कोरिया जान थाल्नेछन् ।

यसबर्ष उत्तीर्ण हुनेको संख्या नै कम गरी कोरियाले यसअघिको विवादबाट बच्ने प्रयास गरेको छ । यसअघि भाषा परिक्षा उत्तीर्ण गरेका करिव ८ हजार नेपाली मध्ये ४ हजार ५ सयमात्र कोरिया जान पाएका छन् । भाषा परिक्षा उत्तीर्ण गरेपनि कोरिया जान नपाउने संख्या ठूलो भएका कारण यसबर्ष थोरै उत्तीर्ण गराउने र उत्तीर्ण भएका सवैलाई कोरिया लैजाने रणनीति एचआरडी कोरियाले बनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय