
मलेसिया, असोज १२- मलेसियामा सकृय रहेका गजलकार सोम सुवेदीको एकल गजल वाचन आइतवार मलेसियामा सम्पन्न भएको छ । मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको सो गजल वाचन कार्यक्रममा सुवेदीले २ दर्जन गजल वाचन गरेका थिए ।
सो गजल वाचन कार्यक्रममा बलराम भट्ट, अर्जुन लिम्बू ,दिल्दुखी जन्तरे, आद्र्श सुशील लगायत विभिन्न वक्ताले सुवेदीलाई उनको साहित्यिक जीवनको सफलताको शुभकामना दिएका थिए । पाचथरका गजलकार सुवेदीका घरदेश र परदेशको अनुभूति, समुन्द्र दन्केपछि लगायत गजल संग्रह प्रकाशित भइसकेका छन् ।