दशैंमा दोहामा साँस्कृतिक कार्यक्रम हुने

रवि रोषी, दोहा । दोहा वेभ्सले कतारमा इद धमाका २०१४ कार्यक्रम गर्ने भएको छ । सनैयाको वेस्ट इन्ड पार्कको एम्फी थिएटरमा हुन गइरहेको सो कार्यक्रममा नेपालबाट ५ जना कलाकारहरु आउने भएका छन् । नेपाली गीत, नृत्य सहित भोजपुरी मैथिलीको साँस्कृतिक मिश्रणको नयाँ स्वाद लिएर विजयादशमी र इदमा हामी आएका हौँ, दोहा वेभ्सका सदस्य डि.बि. सुनामले बताए ।

भारत तथा नेपाल लगायत कतारमा रहेका स्थानीय कलाकारहरुको प्रस्तुती रहने सो कार्यक्रमका कलाकारहरु अक्टोबर २ तारिख नै दोहा आइपुग्ने आयोजकले बताएका छन् । यसरी नेपाल तथा भारतबाट आउने कलाकारहरुमा भारतीय भोजपुरी अभिनेत्री रानी चटर्जी, नेपाली भोजपुरी अभिनेत्री सुष्मा अधिकारी, अभिनेत्री निष्मा अधिकारी, भोजपुरी गायक सन्तोष राज, भोजपुरी अभिनेता खान, भारतीय नर्तकी रियास खानसँगै अनिता दाहाल र कविता शर्माको प्रस्तुती रहने आयोजकले बताएका छन् ।

imagenepalnews.com बाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय