दशैंमा मात्रै एक चौथाई रेमिट्यान्स

काठमाडौं, १२ असोज– दशैंमा रेमिट्यान्स आप्रवाह करिब २६ प्रतिशतले बढेको छ । प्रत्येक बर्ष दशैं अघिको एक महिनामा रेमिट्यान्स एक चौथाई हाराहारीमा बढ्ने गरेको छ । विदेश गएकाले घर खर्चका लागि परिवारलाई दशैंमा बढी खर्च पठाउने भएकाले यतिवेला रेमिट्यान्स आप्रवाह बढ्छ । दशैं अघि र पछि आन्तरिक खपतसमेत सबैभन्दा बढी हुन्छ । गत बर्ष भित्रिएको पाँच खर्ब ४३ अर्ब २९ करोड रुपैंयाको २६ प्रतिशतले हिसाब गर्दा दशैंअघि मात्रै १ खर्ब ४१ अर्बजति भित्रिएको छ । यतिबेला भित्रिने रेमिट्यान्सको झण्डै ९५ प्रतिशत अंश दैनिक उपभोग्य वस्तु, मोबाईल, लुगा तथा मनोरञ्जन लगायतमा खर्च हुनेगरेको छ । पुँजी निर्माणको काममा कमै खर्च हुन्छ । हिमाल रेमीटका प्रमुख अनन्त राजभण्डारीले चाडपर्व मनाउन बढी नेपाली आउने भएकाले उनीहरुले साथमा पनि रकम ल्याउने गरेको बताए । दशैंको पुर्वसन्ध्यामा रेमिट्यान्स आप्रवाहमा बाढीनैं आउने गरेको राष्ट्रबैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठले बताए । हुन्डी लगायत अनोपचारिक माध्यमबाट पनि रकम भित्रिने गरेको छ । मुख्यगरि दक्षिण कोरीया र हङकङबाट हुन्डीमार्फत बढी रकम भित्रिन्छ । हाल नेपालमा ५० भन्दा बढी कम्पनीले विभिन्न देशबाट रेमिट्यान्स भित्राईरहेका छन् । तीमध्ये ईन्टरनेश्नल मनी एक्सप्रेस(आईएमई), प्रभु लगायत कम्पनी अगाडी छन् । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय