मजदुरको कथा संग्रह सार्वजनिक

काठमाडौं, १२ असोज– चियाचमेना पसलमा मजदुरी गर्दै आएका एक युवाले कथा संग्रह गरेका छन् । सिन्धुपाल्चोकका २४ बर्षे युवा टेकलाल भारती(आदर्श) ले ‘हरायको भाले’ नामक कथासंग्रह लेखेका हुन् । बनेपाको चियापसलमा मजदुरी गर्दागर्दै उनले कथा लेखेका थिए । उनको साहित्यप्रतीको लगावलाई कदर गर्दै शब्दयात्रा प्रकाशनले ३३ औं प्रकाशनका रुपमा कथासंग्रह प्रकाशन र सार्वजनिक गर्न सहयोग गरेको हो । शिक्षासेवी चन्द्रबहादुर खड््का र साहित्यकार श्याम भट्टराईले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् । कथाकार भारतीले आफ्नो साहित्ययात्राको आरोह–अवरोह सुनाएपछि कार्यक्रमका सहभागिले तोकिएको मुल्यभन्दा बढी मुल्यमा खरिद गरेर कथाकारलाई सहयोग र अन्य कृति लेखन उत्प्रेरीत गरेका थिए । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय