मोसुका राई मातृभूमि फर्कदै

खगेन्द्र कार्की, कतार, ११ असोज– मोरङ सुनसरीको चाहना सभ्य र समृद्ध समाजको स्थापना मूल नाराका साथ २००१ मा स्थापित मोरङ सुनसरी सेवा समाज कतारले संस्थाका एक होनाहार, कर्मठ, जुझारु, इमान्दार र कर्तव्यनिष्ठ व्यक्तित्वलाई कदरपत्रका साथ मातृ भूमि बसाईको शुभकामना दिएर मुन्ताजापार्कबाट बिदा गरेको छ । २६ सेप्टेम्बरका दिन भएको सो कार्यक्रमबाट सुनसरीको बराहक्षेत्र गाविस अन्तरर्गत प्रकाशपुरबासी केशवकुमार राई कतार बसाईलाई बिट मारेर मातृभूमि फर्कन लाग्नु भएकोले कार्यक्रमको आयोजना गरिएको थियो । संस्थाका अध्यक्ष लोकबहादुर तामाङको सभापतित्वमा आयोजित सम्मान तथा स्वदेश फिर्तिको शुभकामना कार्यक्रममा संस्थाका सल्लाहकार, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।   उपस्थित सबैले नेपालबसाई सहज, सरल, व्यवस्थित, समृद्ध उन्नति र प्रगतिका साथ रहोस् भन्दै सुख, शान्ति र दीर्घायुको कामना सहित साथ र सहयोग अटुट रहने बचत बद्धता व्यक्त गरेका थिए । आफ्नो कुरा राख्दै राईले आफूलाई मोरङ सुनसरी सेवा समाज कतारले धेरै कुरा सिकाएको र त्यही सिकाइ र भोगाईलाई व्यहारमा उतार्दै मोरङसुनसरी सेवा समाज नेपालमार्फत आफ्नो योगदान सदावहार रहि रहने भन्दै कतारसँग विभिन्न माध्यमबाट सम्पर्कमा रहिरहने उल्लेख गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय