नेपाल पत्रकार महासंघ कतार शाखाको अधिवेशन नोभेम्वरमा

महेश्वर नेपाल, कतार असोज १०– नेपाल पत्रकार महासंघ कतार शाखाको दोश्रो परिषद भेला सम्पन्न भएको छ । भेलाले आगामी नोभेम्वरमा ७ मा अधिवेशन गर्ने निर्णय गरेको छ ।

अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि भेलाले बिभिन्न उप समितिहरु गठन गरेको छ । महासंघको भेलाले बार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पास गर्नुका साथै बर्ष भरि गरेका कार्यक्रमहरुको समिक्षा गरेको थियो ।

महासंघले पत्रकार बिके पाल्पालीको उपचारमा ८१ हजार १ सय ५ रुपयाँ सहयोग गर्नुका साथै पत्रकार हिरा बिककी श्रीमतीको उपचारमा सहयोग पुर्याउन १० हजार रुपयाँ सहयोग गरेको भेलामा जानकारी दिइयो । उल्टो साइकल चलाएर बिश्व भ्रमणमा निस्केका वीरेश दहालको टोलिलाई सम्मान गर्नुका साथै उज्यालो नेटवर्क संगको सहकार्यमा कतारमा रहेका पत्रकारहरुलाई नागरिक पत्रकारिता तालिम समेत सञ्चालन गरेको थियो ।

परिषद भेलामा पत्रकार महासंघ कतार शाखाका अध्यक्ष रबी भट्ट रोषी उपाध्यक्ष गणेशप्रसाद बन्जाडे सचिव दिपक पुडासैनीले शुक्रवार नेपालबाट सुरु भएको अनलाइन देशपरदेशको शुभारम्भ गरेका थिए । देशपरदेश सीप विकास र सुरक्षित वैदेशिक रोजगारीमा केन्द्रीत छ । 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय