आत्मनिर्भर बन्न सीप सिक्दै महिला

भोजपुर, १० असोज–भदौ तेस्रो सता प्याउली पुग्दा २२ जना महिला ड्रेस मेकरको तालिम लिईरहेका थिए । तालिक लिनका लागि कोहिले डेराको बन्दोबस्त गरे त कोहि तीन घण्टा लामो बाटो हिंडेर आएका छन् । ड्रेस मेकरको तालिम लिनकै लागि भनेर सानो दुम्माकी कल्पना राई पनि प्याउली पुगेकी छन् । तालीम सञ्चालन भएको ठाउँबाट उनको घरमा पुग्न झण्डै ५ घण्टा लाग्छ । त्यहि भएर उनले प्याउलीमैं डेरा लिएकी छन् । ‘घरबाटै धाउन सकिन्न त्यहि भएर यहाँ डेरा लिएको छु ।’ उनले भनिन् । जरायोटार गाविसकी महालक्ष्मि बिश्वकर्मा पनि डेरा लिएर तालिम लिइरहेकी छिन् । तालिम लिएर के गर्नुहुन्छ ? भन्ने प्रश्नमा तालिम लिईरहेकाहरु एकै स्वरमा भन्छन् ‘हामी आत्मनिर्भर बन्न चाहन्छौं ।’ तालिम लिनकै लागि दुई घण्टा पैदल हिंडेर प्याउली आउने गरेकी चम्पे–९ की तारा राई अबको युगमा महिला पनि खुट्टामा उभिन सक्नुपर्छ भन्ने गहकिलो तर्क गर्छिन् । भन्छिन् ‘श्रीमानको कमाईमा मात्र निर्भर हुनुहुँदैन, अधिकांश महिला श्रीमानको कमाईमा निर्भर हुने भएकाले उनीहरु घरेलु हिंसाको शिकार बन्ने गरेका छन् । त्यसैले आँफै आत्मनिर्भर बन्नुपर्छ ।’ स्वीस ईन्र्टकोअपरेसन हेल्भेटास अन्र्तगतको रोजगार कोषले समृद्धिको बाटो परियोजना कार्यक्रम मार्फत झापा प्राविधिक शिक्षालयमा ६ बर्षदेखि तालिम सञ्चालन भैरहेको छ । एउटा प्याकेज ६५ दिनसम्म सञ्चालन हुने शिक्षालयका अनिल बस्नेतले जानकारी दिए । यो खबर हामीले आजको कारोबार दैनिकबाट साभार गरेका हौं ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय