३ सय ७९ नेपाली फर्काइए

काठमाडौं, १० असोज– मलेसियामा कम्पनी छोडेर गैरकानुनी रुपमा बसेका कारण जेल परेका ६० सहित अरु ३ सय ९ जना नेपालीलाई उद्धार गरी बिहिबार नेपाल ल्याईएको छ । त्यहाँ पुगेर काम र तलब फरक भएको भन्दै विभिन्न समयमा कम्पनीबाट भागेका कामदार गैरकानुनी भएपछि मलेसीया सरकारले पक्राउ गरि जेलमा राखेको थियो । ती मध्ये ६० जनाको फर्कने टिकट खर्च व्यबसायीहरुले बेहोरेपछी मलेसिया सरकारले जेलमुक्त गरि नेपाल पठाएको हो । कम्पनी छोडर भागेपछि मलेसियाको नियमले गैरकानुनी हेसियत मान्छ । त्यहाँको सरकारले एक बर्ष अघि गैरकानुनी रुपमा बसिरहेका नेपालीसहित, बंगाली, पाकिस्तानी, इण्डोनेसीयाली, बर्मेली र भियतनामीलाई पक्राउ गरेको थियो । अपरेसन बरसेपाडु (एकिकृत अभियान) नाम दिएर सुरु गरिएको धरपकडमा अध्यागमन बिभागको नेतृत्वमा प्रहरी, सशस्त्र बल, रेला, सिभिल डिफेन्स, स्थानीय काउन्सिल र राष्ट्रिय दर्ता विभागका १ लाख ३५ हजार सुरक्षाकर्मी र कर्मचारी खटाईएको थियो । त्यसमा हजारभन्दा बढी नेपाली पक्राउ परेका थिए । मलेसियामा अबैधानिक बसेका र राहदानी नभएका नेपाली कामदारले नेपाल फर्कन यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) बनाउनुपर्छ । दुतावासले आगामी डिसेम्बर ३१ सम्म मलेसियामा रहेका गैरकानुनी नेपालीलाई घर पठाउने काम सुरु भएकाले तत्काल यात्रा अनुमतिपत्र बनाउन आग्रह गरिरहेको आजको नागरिक दैनिकमा खबर छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय